बेरोजगार युवालाई सरकारले असारभित्र २ अर्ब ३६ करोड बाड्दै

काठमाडौं, ३ जेठ । प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत सरकारले यही असारभित्र १ लाख ६ हजार जनालाई २ अर्ब ३६ करोड रुपैयाँ बाँड्ने तयारी गरेको छ । बेरोजगारलाई वर्षमा कम्तीमा ३० दिन रोजगारी दिने, रोजगारी दिन नसके त्यति दिनको भत्ता दिने प्रधानमन्त्री रोजगार कार्यक्रमको योजना छ । यसै अनुुरूप रोजगार केन्द्रमा सूचीकृत बेरोजगारहरूलाई सरकारले चालू आर्थिक वर्ष (आव) २०७५/७६ भित्र उक्त रकम बाँड्न लागेको हो । 

 

सूचीकृत नभएका बेरोजगारहरूले यो सुविधा पाउने छैनन् । रोजगारका निम्ति विदेशिनुपर्ने बाध्यता यस कार्यक्रम मार्फत ५ वर्षमा अन्त्य गर्ने सरकारको लक्ष्य छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार बुटवल, भरतपुर, वीरगञ्ज, हेटौंडा, काठमाडौं, जनकपुर, विराटनगर र वीरेन्द्रनगर (सुर्खेत) बेरोजगार दर्ता हुने सूचीमा अग्रपंक्तिमा छन् । सबैभन्दा बढी कञ्चनपुरको भीमदत्त नगरपालिकामा ४५१ जना र सबैभन्दा कम ललितपुरको कोन्ज्योसोम गाउँपालिकामा १८ जना बेरोजगार दर्ता भएका छन् । 

null

कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि मन्त्रालयले सातै प्रदेशमा छलफल गर्ने तयारी गरेको छ । मन्त्रालयका उपसचिव डा. लोकनाथ भुसालका अनुसार प्रदेश नम्बर १ का स्थानीय तहहरू बीचको छलफल जेठ ४/५ गते विराटनगरमा, प्रदेश २ को जेठ ५/६ गते जनकपुरमा र प्रदेश ३ को जेठ १०/११ गते काठमाडौंमा राखिएको छ । यसैगरी गण्डकी प्रदेशको छलफल जेठ १२/१३ गते पोखरामा, प्रदेश ५ को जेठ १४/१५ गते जेठ ८/९ गते बुटवल, कर्णाली प्रदेशको सुर्खेतमा जेठ ६/७ गते र सुदूरपश्चिम प्रदेशको धनगढीमा जेठ ४/५ गते डाकिएको छ । 

यसैबीच, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष तथा नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले आर्थिक वर्षको अन्त्यमा बजेट सक्नेगरी यस्ता गतिविधि हुन नहुने बताएका छन् । उनका अनुसार गएको असारमा पनि एकै सातामा कुल बजेटको ११ प्रतिशत खर्च भएको थियो । यसले बजेटको दुरुपयोग हुने सम्भावना बढाएको छ । आजको आर्थिक अभियानमा खबर छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *