अस्पतालमा शिशु छोड्ने पूर्व सभासद साह अस्पताल भर्ना

 

बैशाख २७, काठमाडौं । पूर्व सभासद गायत्री साह अस्वस्थ भएपछि अस्पताल भर्ना भएकी छिन् । 

ललितपुरको मेडिसिटी अस्पतालमा बच्चालाई बेवारिसे अवस्थामा छोडेको आरोपमा गत आइतबार पक्राउ परेकी उनलाई शुक्रबार बिहान पाटन अस्पताल लगिएको हो । 

null

साहलाई अस्पतालको आकश्मिक कक्षमा राखेर उपचार थालिएको छ । 

पूर्व सभासद साहसहित उनका पति राजेश महतो पनि पक्राउ परेका थिए । उनीहरु विरुद्ध गत सोमबार आफ्नो संरक्षकत्वमा रहेको व्यक्तिलाई फाल्न वा परित्याग गर्न नहुने कसुरमा जिल्ला अदालत ललितपुरमा मुद्दा दायर भएको थियो । 

उनीहरु विरुद्ध प्रहरीले मुलुकी अपराध संहिता २०७४ को दफा १८४ को व्यवस्था अनुसार मुद्दा दायर गरेको हो। उनीहरु विरुद्ध अदालतले हिरासतमै राखेर अनुसन्धान गर्न ७ दिनको म्याद थप गरेपछि प्रहरीले नियन्त्रणमा लिएको थियो । 

साह दम्पतिले बच्चामा डाउन सिन्ड्रोमको लक्षण देखिएपछि अस्पतालको गल्ती देखाउँदै उक्त अस्पतालमा बच्चा छोडेका थिए । 

दफा १८४ मा आफ्नो संरक्षकत्वमा रहेको व्यक्तिलाई फाल्न वा परित्याग गर्न नहुने उल्लेख छ। १८४ को उपदफा १ मा भनिएको छ, ‘कुनै नवजात शिशु, बालबालिका, अशक्त रोगी वा वृद्ध व्यक्तिलाई आफूले हेरचाह वा स्याहार सम्भार गर्ने कर्तव्य भएको व्यक्तिले निजको जिउ, ज्यानमा खतरा पुग्न सक्ने गरी फाल्न, परित्याग गर्न वा वेवास्ता गरी छोड्न हुँदैन।’ 

यदी कसैले यसरी उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराएमा त्यस्तो व्यक्तिलाई तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिवाना हुने उल्लेख छ। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *