‘अनियमितता छानविनमा सरकार आँखा झिम्क्याउनेवाला छैन’

 

बैशाख १९, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले बालुवाटार जग्गा प्रकरणमा जोडिएका जोकोहीलाई उन्मुक्ति नदिने बताएका छन् । 

बिहीबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आयोजना गरिएको पत्रकार सम्मेलनमा सञ्चारमन्त्री बाँस्कोटाले यस्तो बताएका हुन् । 

null

सार्वजनिक सम्पत्तिको सुरक्षा गर्न सरकारले कुनै कसर बाँकी नराख्ने दाबी गर्दै उनले भने, ‘सरकारले बालुवाटार जग्गा प्रकरणमा मुछिएका जो कोहीलाई उन्मुक्ति दिँदैन । सरकारले आँखा चिम्लनेवाला, आँखा झिम्क्याउनेवाला छैन, कानमा तेल हाल्ने वाला छैन । अनियमितता छानविनमा सरकार पछि हट्दैन ।’ 

ललिता निवासको जग्गा व्यक्तिको नाममा दर्ता गर्ने काममा नेकपा महासचिव विष्णु पौडेल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नै मुछिए पनि छानविन प्रभावित नहुने उनको दाबी छ । 

मन्त्रिपरिषद् बैठकले राष्ट्रपतिको राजकीय चीन भ्रमण सफल भएको मूल्यांकन गरेको पनि उनले जानकारी दिए । ‘यातायात पारवहन प्रोटोकल सम्बन्धी चीनसँग हस्ताक्षर भएको छ । यसले दुई देशबीचको सम्बन्ध थप उचाइमा पुर्याउनेछ । यो नेपालीका लागि गौरवको विषय पनि हो’, उनले भने । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *