नक्कली मदिरा सेवनबाट १७ जनाको मृत्यु, ४० जना बिरामी

२०७६ जेठ १६ गते

जेठ १५, नयाँ दिल्ली । भारतमा नक्कली मदिरा सेवनबाट १७ जनाको मृत्यु भएको छ भने ४० जना बिरामी परेका छन् ।
उत्तर प्रदेशको राजधानी लखनउबाट करीब ५८ किलोमिटर पूर्वको बाराबंकी जिल्लास्थित रामनगर क्षेत्रमा नक्कली मदिरा सेवन गरेका कारण १७ जनाको मृत्यु भएको हो ।
null
बिरामी परेका ४० जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
सन् २०११ को डिसेम्बरमा पनि पश्चिम बङ्गालमा नक्कली मदिरा सेवनका कारण एक सय ७२ जनाको ज्यान गएको थियो।

२०७६ जेठ १६ गते
प्रतिक्रिया
सम्बन्धित