यस्ता छन्, आजका पत्रपत्रिकामा प्राथमिकतामा परेका समाचार

काठमाडौं, ३ जेठ । सार्वजनिक जग्गा दुरुपयोग, वैदेशिक रोजगार, नेकपाको एकताको विषयमा आजका दैनिक पत्रिकाहरु केन्द्रित भएका छन् । त्यस्तै, त्रिवि सेवा आयोग परीक्षा अनियमितता, प्रदेश २ को सञ्चार विधेयक, एसिड आक्रमणलाई पनि पत्रिकाहरुले प्राथमिकताका साथ कभरेज गरेका छन् । 

त्रिभुवन विश्वविद्यालय सेवा आयोगले लिएको परीक्षाको अनियमितता आज कान्तिपुरले केलाएको छ । कान्तिपुरका अनुसार, छोरी परीक्षार्थी रहेको परीक्षामा बाबु परीक्षक रहेको पाइएको छ । त्रिवि सेवा आयोगका प्रशासकीय प्रमुख परशुराम कोइरालाले परीक्षक बनेर छोरी नमितालाई अधिकृतको लिखित परीक्षा उत्तीर्ण गराएका हुन् । 

 

null

वर्षमा सवा लाख मजदुर जाने मलेसिया १ वर्षदेखि ठप्प भएको भन्दै नयाँ पत्रिकाले चिन्ता व्यक्त गरेको छ । मजदुरको ५ अर्ब ठग्नेहरु अदालतबाट १० लाखमा धरौटीमा छुटे पनि निर्दोष मजदुरको भने रोजगारी खोसिएको नयाँ पत्रिका समाचारको सार छ । एक विद्यार्थी विदेश जाने भएपछि त्रिभुवन विश्वविद्यालयको परीक्षा तालिका नै सार्ने तयारी भएको नयाँ पत्रिकाले लेखेको छ । 

 

अन्नपूर्णले नेकपा एकताको १ वर्षको अवसरमा यसबारे समीक्षा गरेको छ भने अदालत–भूमाफियाको कनेक्सनले झापाको पाँच बिघा सरकारी जग्गा व्यक्तिको नाममा दर्ता भएको खबर राजधानीमा छ । सरकारी मुखपत्र गोरखापत्रले नेकपाको जनवर्गीय संगठनमा बनेको सहमतिलाई मुख्य समाचार बनाएको छ । विश्वविद्यालयको जागिर छाडेर गाउँको विद्यालयमा सेवा गर्न फर्केका एक शिक्षकको प्रेरणादायी कथा पनि गोरखापत्रमा छापिएको छ । 

 

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − 2 =