मुख्य कन्ट्रयाक्टर्सले सम्झौता पालना नगर्दा मारमा परेको भन्दै मिडियामा आए रिजाल

 

बैशाख २४, काठमाडौं । मानसरोवर ईन्जिनियरिङ कन्सर्नका प्रवन्ध निर्देशक अजय रिजालले सम्झौताअनुसारको करयोग्य हिसाबकिताब पारदर्शी भई युनाईटेड बिल्डर्स/डाँफे/सुनौला खिम्ती जे/भी बाट सरकारले आफूलाई बिल रकम भुक्तानी शिघ्र दिलाईदिनुपर्ने माग गरेका छन् । 

मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै रिजालले यस्तो माग गरेका हुन् । मानसरोवर ईन्जिनियरिङ कन्सर्न प्रा.लि.ले विद्युतका कार्य सम्झौताअनुसार गरेकोले हालसम्म अनुमोदित बिल रकमको भुक्तानी पारदर्शी भई प्राप्त हुनुपर्ने करयोग्य रकम यथाशिघ्र दिलाईदिन रिजालले सरकारसँग माग गरेका हुन् । 

null

उनले भने, ‘यहीअन्तर्गत टिडिएस, रिटेन्शन, मेन कन्ट्रयाक्टर्स ओभरहेड तथा करयोग्य भुक्तान भएको पेश्की रकमसमेत कटाई करविजक जारी गरि–गराई हुन आउने सम्झौता बमोजिमको सम्पूर्ण नगद रकम प्राप्त नहुँदा अनाहकको झन्झट ब्यहोर्नु परेको छ ।’ उनले भने–‘आर्थिक दुरावस्थाका कारण काममा असर पर्दा मजदुर, पार्टी, सरोकारवाला, सहयोगी तथा सल्लाहकार सबैलाई भुक्तानी गर्नुको साथै कर फछ्र्यौट गर्न नसकेको कारण आर्थिक कठिनाई झेल्नुपरेको छ ।’ 

 

रिजालले तीन वर्षअघि जारी भएको करविजकअनुसार कट्टा गरेको १.५ प्रतिशत टिडिएस बुझाए वा नुझाएको बारेमा समेत आफुले जेभीसँग धेरै पटक माग गरेपनि उसले नदिएपछि आँफैले नगद भुक्तान व्यहोर्नुपरेको बताए । ‘यही कारणले विद्युतीकरण जस्तो संवेदनशील व्यवसायमा समेत अपुरणीय क्षति भएको छ ।’ उनले भने । 

आफूहरुले पटक–पटक भुक्तानीको लागि मुख्य कन्ट्रयाक्टर्ससँग अनुरोध तथा आग्रह गर्दापनि कुनै सुनुवाई नभएको भन्दै रिजालले गुनासो पोखे । सम्झौताको पूर्ण पालना नगर्दा आफूहरु ठूलो मारमा परेको पनि उनले स्पष्ट पारे । उनले घाटा खाएर र दुःख पाएर सम्झौताबमोजिम काम गर्दै मुख्य कन्ट्रयाक्टरलाई ओभरहेड दिने भएतापनि मुख्य कन्ट्रयाक्टरले भुक्तानी दिई विजक जारी गराउन नचाहेको आरोप लगाए ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *