‘म फुल टाइम संघमा काम गर्नकालागि आउन चाहन्छु’

सुनसरी उद्योग वाणिज्य संघको निर्वाचनको सरगर्मी बढेको छ । यहि जेठ २७ गते हुन गइरहेको निर्वाचनमा आकांक्षीहरुको भिडमा उभिएका छन्, युवा ब्यवसायी दिनेश चाम्लिङ राई । तायोमा सप्लायर्सका दिनेश चाम्लिङ राईलाई लागुपदार्थ दुब्र्यसनमा लागेका युवाहरुलाई सुधार्ने उदाहरणीय ब्यक्तिका रुपमा लिइन्छ । रिकभरिङ धरानको अध्यक्ष भएर युवाहरुलाई सुधार्न उनले गरेको काम अहिलेपनि युवाहरुले सम्झने गर्दछन् । एक समय धरानलाई दुब्र्यसनीको शहर समेत भन्दा त्यहि धरानलाई अहिलेको सुन्दर र सभ्य शहर बनाउन उनले ठूलो भूमिका खेलेका छन् । 

पछिल्लो समय तायोमा सप्लायर्सबाट ब्यवसायीक क्षेत्रमा हात हालेका दिनेश राईले उद्योगी ब्यापारीहरुको संगठन सुनसरी उद्योग वाणिज्य संघमा युवाहरुको नेतृत्व आउनुपर्ने दावि गर्छन् । अहिलेसम्म संघमा सक्षम नेतृत्व नआएको दावि गर्दै राईले युवाहरुलाई ब्यवसायीक क्षेत्रमा आकर्षित गराउन तथा उद्योगी ब्यवसायीको हक अधिकार स्थापित गर्नपनि युवाहरुको सक्रियता हुनुपर्ने धारणा राख्छन् । यो सँगै राईले सुनसरीका उद्योगी ब्यवसायीहरु अबैध चन्दा आतंकबाट समेत पिडित रहेको जिकिर गर्दै आफ्नो उम्मेद्वारी चन्दा आतंक रोक्नकै लागि पनि भएको बताउँछन् । 

 

null

म विगत ५ वर्ष देखि ब्यापार क्षेत्रमा सक्रिय छु । मैले तायोमा सप्लायर्समार्फत विगत ५ वर्षदेखि इलेक्ट्रोनिक्स तथा विभिन्न कपडा लगायतका सामान सप्लाई गर्दै आइरहेको छु । बाहिरबाट प्रत्यक्ष रुपमा म नदेखिइरहेको भएपनि मैले मेरो फर्म मार्फत ब्यवसाय गर्दै आइरहेको छु । यस हिसाबले म उवासंघको विधान र नियम अनुसार नै संस्थाको नेतृत्व गर्न सक्षम भएकोले यस पटकको निर्वाचनमा वाणिज्य तर्फबाट सदस्य पदका लागि आफ्नो उम्मेद्वारी घोषणा गरेको हुँ । 

सुनसरी उद्योग वाणिज्य संघको नेतृत्वमा जतिपनि आए तिनीहरुले संघलाई चुस्त दुरुस्त चलाउन सकेनन् । एक हिसाबले भन्नुपर्दा उद्योगी ब्यवसायीको लागि फुल टाइम दिएर काम गर्न सक्ने नेतृत्व नै आएन । जतिपनि आए तिनीहरुले सर्वप्रथम आफ्नो ब्यवसायको फाइदा हेरे अनी समय भएको बेला मात्र संस्थामा टाइम दिए । जसले गर्दा संगठनले चाहे अनुसार र उद्योगी ब्यापारीले खोजेको अनुसार काम हुन सकेन । यसमा विगतमा आएका युवाहरूले समेत रचनात्मक काम गर्न नसकेकै हाे । 

म फुल टाइम संघमा काम गर्नका लागि आउन चाहेको हो । २४ घण्टामा १८ घण्टा उवासंघलाई दिएर मेरो सम्पूर्ण कार्यकाल उद्योगी ब्यवसायीको हक अधिकारका लागि समर्पित गर्नका लागि मेरो उम्मेद्वारी हो । 

महत्वपूर्ण प्रश्न लाग्यो, सुनसरी उवासंघको सदस्यमा मैले उम्मेद्वारी सार्वजनिक गरिरहँदा मैले यहाँका उद्योगी ब्यवसायीहरुको धेरै समस्याहरुलाई सुक्ष्म रुपले अध्ययन गरें । सुनसरीका उद्योगी ब्यवसायीहरुमा देखिएको एउटा साझा समस्या हो चन्दा आतंक । 

यहाँका उद्योगी ब्यवसायीहरु चन्दा आतंकबाट प्रताडित छन् । त्यसमा पनि राजनीतिक रुपमा हुने चन्दा आतंक डरलाग्दो छ । यस संगै टोले गुण्डा, समुहले समेत सहज रुपमा उद्योग ब्यवसाय गर्न दिइरहेका छैनन् । यसका साथै स्थानीय प्रशासनबाट समेत उद्योगी ब्यवसायी पिडित छन् । प्रहरी प्रशासनले सुरक्षा दिन सकिरहेका छैनन् । स्थानीय टोले गुण्डाहरु आउँछन्, ब्यापारीलाई धम्क्याउँछन् । यो समस्या निराकारण गर्न उवासंघले भूमिका खेल्नुपर्दछ । र, यसैका लागि पनि मेरो उम्मेद्वारी हो । 

 

उवासंघ भनेको उद्योगी ब्यवसायीको हक अधिकारका लागि काम गर्ने, उनीहरुको ब्यवसायीक दक्षता अभिमुखिकरण गर्ने सामाजिक संस्था हो । कुनै एउटा ब्यापारी केहि कारणबाट मर्कामा पर्यो भने सबै भन्दा पहिला उसले उवासंघमा गएर आफ्नो पिडा सुनाउँछ । तर, सुनसरी उवासंघमा अहिलेसम्म जतिपनि नेतृत्वमा आए तिनीहरुले आफुलाई उवासंघको कार्यालय भित्र भित्तामा मात्र सजाए । मेरो भन्नुको मतलव उनीहरुले उद्योगी ब्यवसायीको समस्या सुन्न सकेनन् । अझ कतिले एक अर्काको खुट्टा तानातान गरे । नेतृत्वमा रहेकाहरु नै एकापसमा लडेपछि उद्योगी ब्यवसायीको कसरी भलो हुन्थ्यो ? सयौं सदस्य रहेको संस्थामा एक दुई जनाले वर्षमा दुई चार वटा काम गरेर मात्र हुँदैन । संस्थालाई सधैं चलायमान गराउन सदैव लाग्नुपर्छ । मेरो उम्मेद्वारी यसकै लागि पनि हो । 

हेर्नुस एक म यहाँको स्थानीय युवा हुँ, म भित्र समाज प्रति उद्योगी ब्यापारीहरु प्रति केहि गर्ने जोश छ, जाँगर पनि साथमा योजना पनि बनाएको छु । एउटा युवामा जोश, जाँगर र योजना पनि भयो भने त्यसले समाज र राष्ट्रका लागि केहि गर्न सक्छ । जतिबेला धरानलाई दुब्र्यशनीको शहर भनिन्थ्यो, गुण्डाहरुको राज छ भनिन्थ्यो । त्यत्ति बेला हामी जस्ता युवाहरु नै दुब्र्यशनको विरुद्धमा, गुण्डागर्दीको विरुद्धमा एकताबद्ध भएर अगाडी नबढेको भए अहिले धरानको परिचय यसरी फर्कने थिएन । त्यसकारण युवाहरुलाई सामाजिक काममा सहभागी गराइयो, उनीहरुको जोश जाँगर र योजना अनुसार काम गर्न सकियो भने समाज रुपान्तरण र परिवर्तनमा ठूलो टेवा पुग्छ । 

मेरो साथमा धेरै युवा ब्यवसायीहरु हुनुहुन्छ जसले भोली धरानको आर्थिक, सामाजिक विकासमा योगदान दिन सक्नुहुन्छ । उहाँहरुको चाहना र सल्लाह सुझाब अनुसार नै मैले उम्मेद्वारी दिएको हुँ । यस कारण मलाई विस्वास गर्नु भनेको यहाँको सम्पूर्ण युवा उद्योगी ब्यवसायीलाई विस्वास गर्नुपनि हो । 

सर्वप्रथम म सम्पूर्ण उद्योगी ब्यवसायीलाई हार्दिक अनुरोध गर्न चाहन्छु कि, अब सुनसरी उद्योग वाणिज्य संघलाई पुरानै संरचना र पुरानै सोचबाट बाहिर निकाल्नु पर्दछ । २१ औं शताब्दीमा हामी अझैपनि पुरानै सोच र विचारबाट अगाडी बढ्न सक्दैनौं । हामी उद्योगी ब्यवसायीका समस्या हल गर्न नयाँ सोच भएका युवाहरुको नेतृत्व आवश्यक छ । चुनाब जितेपछि महिनामा १ पल्ट उवासंघमा झुल्कने नेतृत्वले संस्था अगाडी बढाउन सक्दैनन् । मैले सुरुमै भनिसकेको छु कि मेरो नेतृत्व उवासंघलाई १८ घण्टा दिनका लागि हो । 

हामी विचका समस्या हल गर्न, सम्पूर्ण उद्योगी ब्यवसायी विच भातृत्व कायम गरी सौहार्दपूर्ण वातावरण बनाउन मेरो सदैव सकारात्मक भूमिका हुनेछ । यस पटक मलाई यहाँहरुको साथ चाहिएको छ । निर्वाचनमा मलाई अत्याधिक मतले जिताउन अनुरोध गर्न चाहन्छु । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *