एभिन्यूज टेलिभिजनको कार्यालयमा कसले गर्याे तोडफोड ?

 

बैशाख ३०, काठमाडौं । एभिन्यूज टेलिभिजनको वीरगञ्ज ब्यूरो कार्यालयमा तोडफोड भएको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर ११ स्थित कार्यालयमा सोमबार दिउँसो तोडफोड भएको हो । 

समाजवादी पार्टी नेपालका अध्यक्ष तथा नेपाल सरकारका उपप्रधानमन्त्री उपेन्द्र यादवसँगको एभिन्यूज टेलिभिजनका पत्रकार सुशील पाण्डेले ‘सकस राजनीति’ कार्यक्रमका लागि आइतबार अन्तर्वार्ता लिने क्रममा विवाद भएको थियो । सोही विवादलाई लिएर समाजवादी पार्टीका कार्यकर्ताहरुले तोडफोड गरेको एभिन्युज सम्बद्ध पत्रकारहरूको दाबी छ । 

null

मुखमा कालोपट्टी बाँधेर आएका केही मानिसहरुले कार्यालयको सिसा फुटाउनुका साथै कार्यालयको ब्यानर समेत च्यातेका छन् । 

तोडफोडमा संलग्न हुनेहरुको बारेमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । 

आइतबार सुशील पाण्डेको कार्यक्रममा स्वास्थ्यमन्त्री यादवले प्रश्न सोध्ने ढंग पुगेन भनेर टिप्पणी गरेका थिए । उनको टिप्पणीको प्रतिकार गर्दै पत्रकार पाण्डेले मन्त्री यादवलाई आफूले सही प्रश्न सोधेको र प्रश्नको सामना गर्न नसक्ने भए कार्यक्रम छोडेर जान भनेका थिए । त्यसपछि मन्त्री यादव माइक फालेर कार्यक्रमबाट निस्किएका थिए । 

यो विषयले सामाजिक सञ्जालमा पनि प्रवेश पाएको छ । सामाजिक सञ्जाल प्रयोगकर्ता अधिकांशले पत्रकारको गल्ती भएको औँल्याएका छन् । कतिले भने मन्त्री यादवको जवाफ दिने शैलीमाथि टिप्पणी गरेका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *