बलिउड अक्षयकाे झुट यसरी समाते ट्वीटर प्रयोगकर्ताले

 

बैशाख २७ । अक्षय कुमारको क्यानडा नागरिकतामाथि चलिरहेको विवादका बीच एक सोसल मिडिया प्रयोगकर्ताले उनीमाथि झुटो स्पष्टिकरण दिएको आरोप लगाएका छन् । प्रयोगकर्ताले आफ्नो भनाईको पुष्टि गर्न केही ट्वीट पनि पोष्ट गरेका छन् । 

  

null

अक्षय कुमारको नागरिकतामाथि चलिरहेको विवादबीच उनले स्पष्टिकरणसहित ट्वीट गरेका थिए जसमा उनले विगत सात वर्षदेखि आफू क्यानडा नगएको बताएका थिए । 

यसमा एक सोसल मिडिया प्रयोगकर्ताले अक्षयमाथि झुटो बोलेको आरोप लगाउँदै ट्वीट सेयर गरेका छन् । तीमध्ये एक ट्वीट गायक मिकाको छ । यो सन् २०१४ मार्च ८ तारिखको ट्वीट हो । मिकाले ट्वीट गरेका छन्, ‘गुडमर्निङ’ । अक्षय कुमार, राज कुन्द्रा, शिल्पा शेट्टी, राहुल खन्नासँग शानदार पार्टी गरियो । मिकाले ह्याशट्याग लेखेका छन् ‘किशोर लुला टोरोन्टोमा’ । 

 

दोस्रो स्क्रिनशटमा अक्षय कुमार टोरोन्टोको एउटा होटलमा टिना विरमानीको संगीतमा र अर्को एक तस्बिरमा विवाहमा सरिक भइरहेको देख्न सकिन्छ । 

pic.twitter.com/i0JEmbFh9c 

अक्षय आफ्नी श्रीमती ट्विंकल खन्नासँग भोट दिन नपुगेपछि उनको नागरिकतामाथि विभिन्न प्रश्न तेर्साइएको थियो । एजेन्सी 

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *