जुत्ता र पाईन्टमा डेढ किलो सुन !
मकालु खबर
२०७६ वैशाख २७ गते
बैशाख २६, काठमाडौं । भोजपुरका ल्वागुन बिक डेढ किलो अवैध सुनसहित मकवानपुरमा पक्राउ परेका छन् ।
जुत्ताभित्र र पाईन्टको खल्तीमा लुकाएर ल्याएको अवैध १ किलो ६ सय ४९ ग्राम सुनसहित प्रहरीले भोजपुर षडानन्द नगरपालिका ४ का २९ वर्षीय ल्वागुन बिकलाई नियन्त्रणमा लिएको हो ।
null
काठमाडौंबाट वीरगञ्जतर्फ जाँदै गरेको ना८ख ३७९३ नम्बरको बस चेकजाँच गर्ने क्रममा पूर्वपश्चिम राजमार्ग अन्तर्गत रातमाटेबाट उनलाई नियन्त्रणमा लिइएको मकवानपुरका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिए । उनका अनुसार विकले ल्याएको सुनको मूल्य ८५ लाख ८६ हजार २६ रुपैयाँको रहेको छ ।
अवैध सुन कारोबारमा संलग्न रहेका बिकलाई राजश्व अनुसन्धान कार्यालय पथलैया बुझाइने प्रहरीले जनाएको छ ।
मकालु खबर
२०७६ वैशाख २७ गते
प्रतिक्रिया
सम्बन्धित