दाइजोमा मोटरसाइकल नदिएको भन्दै हत्या

काठमाडौं, १७ जेठ । दाइजोमा मोटरसाइकल नदिएको आरोप लगाउँदै एक परिवारजनले छोरीको हत्या गरेको बताएका छन् । महोत्तरीको पिपरा गाउँपालिकामा दाइजोमा मोटरसाइकल नदिँदा पिपरा गाउँको वडा नम्बर १ की २० वर्षीया विमलादेवी यादवको हत्या भएको हो । 

 

मंगलवार मृत फेला परेकी यादवले आत्महत्या नभई हत्या भएको भन्दै माइतीपक्षले जिल्ला प्रहरी कार्यालय महोत्तरीमा जाहेरी दिएका छन् । यता हत्या आरोप लागेका मृतककी सासु र नन्दहरुको छानविन भइरहेको प्रहरीले जनाएको छ । 

null

छोरीको विवाहमा ५ लाख रुपैयाँ नगद, २ तोला सुन, ५० तोला चाँदी दिए पनि बेहुला पक्षले असन्तुष्टि जनाउँदै मोटरसाइकल माग गरेको मृतकका बुवा कमलेश यादवले बताए । कमलेशले भने, ‘छोरीलाई तेरो बाउले मोटरसाइकल किन दिएन भन्दै ज्वाइँ र सासु ससुराले दैनिक कुटपिट गर्ने गरेका थिए ।’ 

मृतकको शवको पोष्टमार्टम भइसकेको प्रहरीले जनाएको छ । घटना शंकास्पद रहेपनि अनुसन्धान पुरा भएपछि मात्र वास्तविकता खुल्ने र पोष्टमार्टम रिपोर्ट आइसकेपछि थप तथ्य खुल्ने प्रहरीले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *