आलु धेरै फल्यो, तपाईंहरु फलफुल अभियान चलाउनुस्ः प्रधानमन्त्री

 

बैशाख १७, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सरकार आएपछि आलु धेरै फलेको बताएका छन् । 

मंगलबार नेकपा संसदीय दलको बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले यो आर्थिक वर्षमा आलुु उत्पादन ९ प्रतिशतले बढेको जानकारी दिएका हुन् ।  

null

बैठकमा उनले भने, ‘यो सरकार आएपछि आलु धेरै फल्यो । धान, मकै, गहुँ पनि धेरै फलेको छ । अब तपाइँहरु फलफूल रोप्ने अभियान चलाउनुहोस् । आफ्नो जग्गा नभए सार्वजनिक जग्गामै भएपनि लगाउनुहोस् ।’ 

यस्तै ओलीले महासचिव विष्णु पौडेलले ललिता निवासको सरकारी जग्गा दुरुपयोग गरेर नजोडेको दाबी गरेका छन् । सार्वजनिक जग्गा मिच्न नदिने र सरकारको नाममा फिर्ता गर्ने स्पष्ट पार्दै प्रम ओलीले पौडेललाई आक्रमण गरेर पार्टी र सरकारलाई कमजोर बनाउन खोजेको आराेप लगाएका थिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *