राजधानीमा राष्ट्रिय खेलाडी सम्मान गरिने

 

जेठ १५, काठमाडाैँ ।  सम्पुर्ण खेल जगत र खेलाडीहरूकाे प्राेत्साहान लागि बृहत राष्ट्रिय खेलाडी सम्मान २०७६ गरिने भएकाे छ । 

राजधानीमा पत्रकार भेटघाट तथा पत्रकार सम्मेलन गर्दै एरा ईन्टरटेन्मेटले साे कुरा जानकारी गराएकाे हाे । पत्रकार सम्मेलनमा बृहत राष्ट्रिय खेलाडी सम्मान २०७६ अन्तर्गत राष्ट्रिय खेलकुदमा याेगदान पुर्‍याएका ४ जना राष्ट्रिय खेलाडीहरूलाई सम्मान गरिने भएकाे छ । 

null

कार्यक्रमका संयाेजक अन्जान थापाले नेपालकाे खेलकुदकाे माध्यम वाट राष्ट्र र राष्ट्रियताकाे नाम उच्च बनाउन याेग्दान दिएका खेलाडीहरूलाई थप प्राेत्साहान दिने उदेश्यका साथ सम्मानित गरिन लागेकाे पत्रकार सम्मेलनमा जानकारी दिईयाे । 

आयोजकका अनुसार सम्मानित हुने खेलाडीहरूमा तेक्वान्दोका राष्ट्रिय प्रशिक्षण तथा अन्तर्राष्ट्रिय रेफ्रि नाेर्वु लामा, भलिबलका प्रशिक्षण तथा खेलाडी कुमार राई, शारीरिक सुगठन बाट नेपाललाई पहिलाे पटक स्वर्ण पटक दिलाउन सफल एैतिहासिक विजेता महेश्वर महर्जन र नेपाली रेस्लिङका रेस्लर कमल लामा (नुवाकाेटे टाईगर) रहेका छन । 

आयोजक कमिटिका सदस्य रमण श्रेष्ठले यहि जेठ १६ गते रसियन क्लचर कमलपाेखरीमा भव्य कार्यक्रमका बिच सम्मान गरने बताए । उक्त कार्यक्रम अन्तर्गत खेलाडीकाे जीवनीमा आधारित खेलाडी नामक नाटक, साँस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिने भएकाे छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *