आजका पत्रपत्रिकाः पूर्वराजाको थाइलेण्ड भ्रमण देखि, ७ करोड गायब बनाएर फरार मातपोतका नासुसम्म

 

जेठ ४, काठमाडौं । आज राजधानीबाट प्रकाशित राष्ट्रिय स्तरका पत्रपत्रिकाले विभिन्न विषयलाई प्राथमिकतामा राखेर समाचार प्रकाशित गरेका छन् । राजधानीबाट प्रकाशित कान्तिपुर, अन्नपुर्ण, नागरिक, नयाँ पत्रिका, राजधानी, नेपाल समाचारपत्रले छुट्टाछुट्टै विषयहरुलाई हेडलाइन बनाएका छन् ।  

नयाँ पत्रिकाले सात करोडभन्दा धेरै राजस्व हिनामिना गरेर मालपोत कार्यालयका नायब सुब्बा फरार भएको समाचार प्रकाशित गरेको छ । नयाँ पत्रिकाका अनुसार नासु मदनकुमार गुप्ता मालपोत कार्यालय कलैया र सिमराबाट सात करोड नौ लाख ५७ हजार ६ सय ६० रुपैयाँ सरकारी राजस्व उठाएर फरार भएका हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गुप्ताविरुद्ध तीन मुद्दा दायर गरेको छ । तर, पक्राउ गर्न भने सकेको छैन । गत फागुनदेखि उनी फरार छन् । 

null

मालपोत कार्यालय सिमरामा कार्यरत रहँदा आठ महिनामा चार करोड ५८ लाख ७१ हजार २० रुपैयाँ अनियमितता गरेको अख्तियारले जनाएको छ । साउनदेखि १२ फागुनसम्मको सबै राजस्व उनले व्यक्तिगत खातामा जम्मा गरेका हुन् । अख्तियारले छानबिन थालेलगत्तै उनी भागेका थिए ।  

नयाँ पत्रिकाले नेपाल कम्युनिस्ट पार्टीको जनवर्गीय संगठन गठनको विषयलाई पहिलो पेजमा स्थान दिएको छ । नयाँ पत्रिकाका अनुसार नेपाल कम्युनिस्ट पार्टीका २२ जनवर्गीय संगठनको एकीकरण सम्पन्न भएपछि करिब ३५ सय कार्यकर्ताले जिम्मेवारी पाएका छन् । २६ औँ मदन–आश्रित स्मृति दिवसका अवसरमा पूर्वएमाले कार्यालयपरिसर बल्खुमा शुक्रबार आयोजित कार्यक्रममा जनसंगठन एकीकरण सम्पन्न भएको घोषणा गरिएको हो ।  

यता नागरिक दैनिकले ब्यवस्थित लुम्बिनी विकास गुरुयोजनाका कारण विस्तापित भएका हरुको विषयलाई स्थान दिएको छ । जापानी नागरिक प्रा.केन्जो टांगेले ४१ वर्षअघि गुरुयोजना बनाई व्यवस्थित विकास थाल्दा लुम्बिनीका सात गाउँ विस्थापित भएका थिए ।  

मुस्लिम समुदायको बाहुल्य रहेका ती गाउँका बासिन्दाले लुम्बिनीको विकासलाई त्यतिबेलै आत्मसात् गर्दै आफ्नो घरबास दिएका थिए । स्थानीय र लुम्बिनीबीचको त्यही सद्भाव र सम्बन्धलाई प्रगाढ बनाउन लुम्बिनी परिसरमा सुविधासम्पन्न हाइस्कुल र क्लिनिक (अस्पताल) निर्माण गर्ने योजना गुरुयोजनामा समावेश गरियो । तर, चार दशक बित्दा पनि ती संरचना बनेको छैन । लुम्बिनी गुरुयोजनामा समावेश यस्ता थुप्रै आयोजना बन्न बाँकी छन् । 

नेपाल समाचारपत्रले कोटेश्वर–कलंकी सडक भत्किएको समाचार प्रकाशित गरेको छ । ग्वार्को, बीएन्डबी ओरालो, चापागाउँ दोबाटो, महालक्ष्मीस्थान, एकान्तकुना लगायतमा पर्ने सडक खण्डमा भत्किएको समाचारमा उल्लेख छ । 

भने, प्रदेश सरकारले आफूखुसी सार्वजनिक बिदा दिन थालेपछि संघीय सरकारले बिदामा अंकुश लगाएको समाचार पनि छ । गृह मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गरी प्रदेश सरकारले बढीमा ६ दिन मात्रै बिदा दिन पाउने व्यवस्था गरेको हो । 

गृह मन्त्रालयले राजपत्रमा सार्वजनिक गरेको सुचनामा सरकारले निर्णय गरी तोकेका सार्वजनिक बिदाको अतिरिक्त प्रदेश सरकारले आ आफ्नो प्रदेशमा प्रचलित धर्म, संस्कृति र रीतिस्थितिसमेतलाई दृष्टिगत गर्दै घोषणा गरेको वर्षको बढीमा ६ दिनसम्मको सार्वजनिक बिदामा सम्बन्धित प्रदेशमा रहेका सरकारका कार्यालयसमेतमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।  

यसका अलावा नेपाल समाचार पत्रले पूर्व र मध्य तराई भ्रमणपछि केही दिन आराम गरेका पूर्वराजा ज्ञानेन्द्र परिवार थाइल्याण्ड भ्रमणमा जाने समाचार पनि छापेको छ । पूर्वरानी कोमल, नातिनीद्वय कीर्तिका र पूर्णिकासहित केही टोली थाइल्याण्ड जान लागेका छन् । पूर्व युवरानी हिमानी, भान्छे, सुसारे र केही सहयोगीसहितको टोली थाइल्याण्ड गएका हुन् । निर्मल निवास स्रोतका अनुसार उनीहरु करिब एक महिना बसाईको लागि थाइल्याण्ड जादैछन् ।  

कान्तिपुर दैनिकले त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपतिहरुको भनाइलाई प्राथमिकता दिएको छ । पूर्वउपकुलपतिहरु केदारभक्त माथेमा, सुरेशराज शर्मा, महेशकुमार उपाध्याय, कमलकृष्ण जोशी र हिरा महर्जनले संयुक्त पत्रकार सम्मेलन गर्दै विश्वविद्यालयमा राजनीतिक हस्तक्षेप रोक्न माग गरेको विषयले कान्तिपुरमा प्राथमिकता पाएको छ ।  

विश्वविद्यालयमा राजनीतिक नेतृत्वलाई हाबी गराउने गरी ल्याइएको ऐन संशोधन मस्यौदाप्रति असन्तुष्टि जनाउँदै उनीहरुले शुक्रबार काठमाडौंमा संयुक्त पत्रकार सम्मेलन गरेका थिए । संसदमा बिचाराधीन शिक्षासम्बन्धी केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक पास भए विश्वविद्यालयमा चरम राजनीतिक हस्तक्षेप हाबी हुने उनीहरुको ठहर छ । 

जानकी मेडिकल कलेजले प्रवेश परीक्षाबिनै विद्यार्थी भर्ना गर्न पाऊँ भनी पाँच महिनाअघि दर्ता गरेको निवेदन पाटन उच्च अदालतले खारेज गरेको थियो । फेरि जानकी मेडिकल कलेजको विद्यार्थीलाई प्रयोग गरेर उनका नाममा भर्ना हुन पाऊँ भनेर सर्वोच्चमा रिट दर्ता गरियो । त्यसमा अन्तरिम आदेश अस्वीकृत भएकामा पाँच महिनापछि तिनै विद्यार्थीले अर्को निवेदन हालिन् र अन्तरिम आदेश जारी भयो । 

अन्नपूर्ण पोष्टले काठमाडौं उपत्यका कंक्रिटको शहर बन्दै गएको विषयलाई मुख्य समाचार बनाएको छ । राजधानी दैनिकले बानेश्वर करोडौं मूल्यका सार्वजनिक जग्गा अतिक्रमण भएको विषयलाई मुख्य समाचार बनाएको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *