गर्भ बसेपछि अक्षयकी यी नायिकाले गरिन् इन्गेजमेन्ट

बैशाख २३ । बलिउड नायिका एमी ज्याकसनले सन् २०१९ मा एउटा तस्बिर सेयर गर्दै आफ्नो प्रेमीलाई सार्वजनिक गरेकी थिइन् । यसका साथै उनले जर्ज पानायिटूलाई आफूलाई भाग्यमानी महिला बनाइदिएकोमा धन्यवाद पनि दिएकी थिइन् । 

 

आफ्ना प्रेमीको नाम खुलासा गरेपछि नायिकाले आफू गर्भवती भएको समेत जानकारी दिएकी थिइन् जसले धेरैलाई चकित बनाएको थियो । एमीबारे अर्को नयाँ खबर सार्वजनिक भएको छ । भारतीय मिडियाका अनुसार उनले हालै आफ्ना प्रेमी जर्ज पानायिटूसँग लण्डनमा इन्गेजमेन्ट गरेको खबर छ । 

null

इन्गेजमेन्टको तस्बिर सोसल मिडियामा सेयर गरिएको छ । यो जोडीले इन्गेजमेन्टपछि चाँडै नै विवाह पनि गर्ने खबर आइरहेको छ । एमी अन्तिम पटक फिल्म २.० मा रजनीकान्त र अक्षय कुमारसँग देखिएकी थिइन् । 

केही दिन अघि नायिकाले एक म्यागजिनसँगको अन्तरवार्तामा बच्चालाई यति चाँडै जन्माउने कुनै पूर्वयोजना नभएको बताएकी थिइन् । उनले भनेकी थिइन्, ‘हामीले बच्चाको योजना बनाएका थिएनौं । हामी यस्तो अवस्थामा छौं जहाँ सबै कुराका लागि तयार हुन्छौं । 

मलाई लाग्दैन कि कसैले यसको लागि योजना बनाउन सक्छ तर हामी सही स्थानमा छौं ।’ उनले थपिन्, ‘हामी दुबै निकै खुसी छौं, हामीसँग राम्रो घर छ र आमा–बुवा बन्न लागेकोमा निकै उत्साहित छौं ।’ एजेन्सी 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *