यी ३ घरेलु उपायबाट पनि कपाल स्ट्रेट बनाउन सकिन्छ नि !

 

स्ट्रेट, चमकदार र मुलायम कपाल सबैलाई मनपर्छ । स्ट्रेट कपालको सबैभन्दा ठूलो विशेषता भनेकै जस्तोसुकै पहिरन र स्टाइलमा सुट गर्नु हो । स्ट्रेट कपाल भएमा कुनै खास हेयरस्टाइल बनाउन आवश्यक पनि देखिँदैन । 

कपाल स्ट्रेट गर्नका लागि अधिकांश महिलाहरु ब्यूटी पार्लर जाने गर्छन्, तर केमिकल उत्पादनहरुको सट्टा घरेलु तरिकाबाट पनि स्ट्रेट कपाल प्राप्त गर्न सकिन्छ । 

null

कपाल स्ट्रेट गर्ने ३ तरिका 

हट ओयल ट्रिटमेन्टः हरेक दिन कपालमा तातो तेल लगाउनाले कपाल छिट्टै नै सीधा हुने गर्छ । साथै यसले कपाललाई सुख्खा हुन पनि दिँदैन । तातो तेलले कपाललाई सीधा गर्ने काम गर्छ । यसबाहेक तपाईँ तिलको तेल पनि प्रयोग गर्न सक्नुहुन्छ । 

प्रयोग गर्ने तरिकाः तेललाई हल्का तताउनुहोस् । अनि हातले कपालमा लगाएर बिस्तारै मसाज गर्नुहोस् । करिब १५ देखि २० मिनेटसम्म मसाज गर्नु उचित हुन्छ । 

त्यसपछि आफ्नो कपाललाई कोर्नुहोस् । तलदेखि माथिसम्म काइँयो लगाउनाले तपाईँको कपालको लट्टा हट्नुका साथै नुहाउँदा कपाल कमै मात्र झर्छ । 

कपाल कोरेपछि हल्का तातो पानीमा तौलिया डुबाएर कपालमा बाँध्नुहोस् । यस्तो स्टीम ट्रीटमेन्टले तेल कपालको जरासम्म पुग्छ । करिब आधा घण्टापछि कपाललाई राम्रो स्याम्पूले धुनुहोस् । 

कोकोनट मिल्कः कोकोनट मिल्क प्रयोग गरेर पनि कपाल स्ट्रेट गर्न सकिन्छ । यसले कपाललाई कोमल मुलायम र चमकदार पनि बनाउँछ  । यसको एन्टी ब्याक्टेरिया, एन्टी फन्गलल र पोषक गुणले कपाललाई मजबुत बनाउनुका साथै पोषण पनि प्रदान गर्छ । 

प्रयोग गर्ने तरिकाः एक सफा कचौरामा कोकोनट मिल्क र केही थोपा कागतीको रस मिसाउनुहोस् । उक्त कचौरालाई आधा घण्टासम्म फ्रिजमा राख्नुहोस् । फ्रिजमा राखेपछि त्यसको माथि क्रिम देख्न सकिन्छ । 

उक्त क्रिमले करिब २० मिनेटसम्म कपाल मसाज गर्नुहोस्, र २० मिनेट सम्म त्यसै छोडिदिनुहोस् । 

त्यसपछि हल्का तातो पानीमा तौलिया डुबाएर त्यसलाई ३० मिनेटसम्म कपालमा बाँधेर राख्नुहोस् । अनि राम्रो स्याम्पूले कपाल धुनुहोस् । 

जैतुनको तेल र अण्डा 

यदि तपाईंको कपालले चमक गुमाएको छ भने तपाईंको लागि अण्डा फाइदाजनक हुन सक्छ । यसका साथै जैतुनको तेल लगाउनाले कपालको मोेइश्चर मिल्छ । यी दुवैलाई मिलाएर लगाउनाले कपाललाई निकै फाइदा पुग्छ । 

प्रयोग गर्ने तरिकाः आवश्यकता अनुसार कुनै भाँडोमा अण्डा र जैतुनको तेल मिलाएर फिट्नुहोस् । र उक्त मिश्रण कपालमा लगाउनुहोस् । त्यसपछि कुनै मोटो काइँयोले कपाललाई कोरेर सिधा बनाउनुुहोस् । र हल्का तातो पानीमा तौलिया डुबाएर कपालमा बाँध्नुहोस् । अनि करिब आधा घण्टापछि स्याम्पूले धनुहोस् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *