स्पष्टिकरण सोध्दा निलम्बनको हल्ला कसरी फैलियो ?

 

बैशाख १७, काठमाडौं । सोमबार नेपाल वायुसेवा निगम क्याप्टेन विजय लामालाई निलम्बन गरिएको हल्ला फैलियो । फेरि एकैछिनमा अर्को खबर आयो ‘निलम्बन फुकुवा भयो ।’ यसलाई सबैले सरकारको अधिनायकवादी रबैया भन्दै टिप्पणी गरे । तर निगमका प्रवक्ता तथा पाइलट समेत रहेका उनलाई निलम्बन नभई कुनै एक पदमा मात्र रहन भनिएको देखिएको छ । 

सोमबार नेपाल वायुसेवा निगमले विजय लामालाई प्रवक्ताको पदबाट तत्काल लागू हुने गरी हटाइएको पत्र थमाएको थियो । कार्यकारी अध्यक्ष मदन खरेलको हस्ताक्षर रहेको यो पत्रमा ‘तपाईँलाई तत्कालैदेखि लागू हुने गरी तपाईले हाल सम्हाल्दै आइरहनु भएको प्रवक्ताबाट हटाइएको छ’, लेखिएको छ । 

null

 

लामालाई प्रवक्ताको पदबाट तत्काल लागू हुने गरी हटाइएको पत्रमा भनिएपनि उनलाई निलम्बन गरिएको भन्ने समाचारले प्राथमिकता पाए । खासमा उनलाई निलम्बन नगरिएको प्राधिकरणले जनाएको छ । 

विजयले निगमका प्रवक्ता तथा पाइलट दुवै भइ गर्दै आएको दोहोरो भूमिकाका कारण हवाई सुरक्षामा असर परेको भन्दै दुई मध्ये कुनै एक पद मात्र रोज्न आग्रह गरिएको थियो । 

नागरिक उड्डयन प्राधिकरण नै उड्डयन क्षेत्रको नियामक निकाय हो । निगमको प्रवक्ताको रुपमा थप जिम्मेवारीले सम्भावित तनाव हुने र त्यसले उडान सुरक्षामा असर पार्ने भएकोले त्यो जिम्मेवारीबाट नहटेसम्म प्राधिकरणले दिएको पाइलट लाइसेन्सको सुविधा उपभोग नगर्नु भनिएको रहेछ । 

विमान उडाउने पाइलटदेखि एयरलाइन्स र विमानलाई लाइसेन्स दिने काम प्राधिकरणकै हो । यसको क्षेत्राधिकार पनि उसै प्राधिकरणले नै बनाउने हो । कुनै एक पदमा मात्र रहनु भन्ने आफूले बनाएको नियम अनुसार लामालाई प्राधिकरणले पत्र काटेपनि निलम्बन गरिएको भन्ने भ्रामक हल्ला मात्र फैलिएको देखिएको छ । 

 

निगमले प्रवक्ताको जिम्मेवारीबाट मुक्त गरिदिएपछि अब उनले प्लेन उडाउन पाउनेछन्् । तर त्यसका लागि प्रवक्ताबाट हटाइएको पत्र प्राधिकरणमा पुग्नुपर्ने अधिकारीहरुले बताएका छन् । 

लामाले दिए प्राधिकरणलाई चुनौती 

लामाले पठाएको स्पष्टीकरणमा नियामक निकायलाई नै चुनौती दिएको देखिन्छ । लामाले प्राधिकरणलाई मलाई स्पष्टीकरण सोध्ने कानून नै छैन भनेका छन् । Your letter is not lawful भन्दै पत्रलाई नै कानुन अनुसार नभएको भन्दै लामाले आक्रोश समेत पोखेका छन् । 

 

लामाले आफूलाई प्राधिकरणले प्रश्न सोध्ने अधिकार नभएको दावी गरेपनि नागरिक उड्डयन नियमावली २०५८ को नियम ८४ मा नागरिक उड्डयन निरीक्षकले लाइसेन्स खारेज, निलम्बन वा स्थगित गर्न सक्ने प्रावधान उल्लेख छ । 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *