नेकपाको सत्ता विवाद, १६ वर्षमै बिहे गर्न पाउनुपर्ने माग राख्दै धर्ना

काठमाडौं, १७ जेठ । आजका दैनिक पत्रिकाहरुको मुख्य प्राथमिकतामा बजेट, नेकपाको सत्ता विवाद र बलि दिन धनुषामा धामीले गरेको बालक हत्या प्रकरण परेको छन् । ‘अन्धविश्वासको पराकाष्ठा’ शीर्षक दिएर धनुषा ढल्केबरका अढाइ वर्षीय बालक आर्यन साहको हत्याबारे कान्तिपुरले मुख्य समाचार बनाएको छ । त्यस्तै, कान्तिपुरले नेकपाको सत्ता विवादलाई पनि ठाउँ दिएको छ । आलोपालो सरकारको नेतृत्व गर्ने भनेर विगतमा भएको गोप्य सहमतिको पालना हुनुपर्ने मत प्रचण्डले अघि सारेपछि यसबारे नेकपामा बहस सुरु भएको छ । 

 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथपछि विभिन्न देशका राष्ट्र प्रमुखहरुले खिचाएको सामूहिक तस्विर छापेको अन्नपूर्णले विकास आयोजनामा परामर्शदाता खर्च घटाइएको लेखेको छ । अन्नपूर्णका अनुसार, अब परामर्शदाताको नाममा ५ प्रतिशत मात्र खर्च गर्न पाइने छ । परामर्शदाताका नाममा सरकारी कार्यालयहरुमा अनियमितता हुँदै आएको छ । यस्तो प्रावधानले परामर्शदाता नियुक्त गरेर भइरहेका अनियमितता अन्त्य हुने विश्वास गरिएको छ । रेडक्रसको कर्मचारी भर्नाका क्रममा भएको बदमासीबारेको सामग्री पनि अन्नपूर्णमा छ । अन्नपूर्णले आफ्ना मान्छे उत्तीर्ण गराउन एउटै पदको परीक्षामा पनि फरक फरक प्रश्नपत्र सोधिएको छापेको छ । १६ वर्षमै छोरीको बिहे गर्न पाउनुपर्ने माग राख्दै बाँकेस्थित जिल्ला प्रशासन कार्यालयमा महिलाले धर्ना दिएको अनौठो खबर पनि अन्नपूर्णमा पढ्न सकिन्छ । 

null

 

नयाँ पत्रिकाले भीआईपीका नाममा नेपालमा बारबार जनताले भोगिरहेका भुक्तमान र विदेशका उदाहरणीय नेताबारे एक सामग्री छापेको छ । नयाँ पत्रिकाका अनुसार, आफ्नो कारण ३८ मिनेट उडान ढिलो हुँदा मेक्सिकोकी मन्त्रीले राजीनामा दिएकी छन् । उनले जनतालाई दुःख दिने अधिकार नभएको भन्दै राजीनामा दिएकी हुन् । नयाँ पत्रिकाका अनुसार, नेदरल्यान्ड्सका प्रधानमन्त्री मार्क रुट पनि निकै सरल छन् । उनी अहिले पनि स्मार्ट फोन प्रयोग गर्दैनन् । नोकियाको सामान्य फोन चलाउँछन् । प्रधानमन्त्री भएपछि पनि सातामा एक दिन प्राथमिक विद्यालयमा पढाउन जान्छन् । अझै रोचक त के छ भने साइकल चढेरै कार्यालय आउने जाने गर्छन् । 

 

गोरखापत्रमा मन्त्रिपरिषद् बैठक, बजेटलगायत विषयसँग सम्बन्धित खबर छन् भने राजधानी दैनिकको नजर आयुर्वेद अनुसन्धान केन्द्रमाथि परेको छ । 

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × three =