एक महिना नवित्दै तीन बुहारीको हत्या

लहान, ९ जेठ । घरेलु हिँसा अन्तर सिरहामा एक महिना नवित्दै तीन महिलाको हत्या भएको छ । सिरहामा छोरा नपाएको भन्दै एक महिलाको हत्या भएको छ । यस अघि दूई महिलालाई हत्या गरेको सार्वजनिक भएको छ । कर्जन्हा नगरापालीका–११ हटलेटवाका चन्देश्वर यादवले आफ्नै श्रीमती ३१ वर्षीया रितु यादवको घाँटी थिचेर हत्या गरेको माइतिपक्षले आरोप लगाएको छ । 

मंगलबार अपरान्ह घरकै एक सदस्यले मृत अवस्थामा देखेपछि छरछिमेकलाई जानकारी गराइएको थियो । छिमेकले तत्काल प्रहरीलाई रितुको मृत्युबारे जानकारी गराएको जिल्ला प्रहरीले जनाएको छ । रितुले छोरा नजन्माएको कारण घरमा पटक–पटक झगडा आएको थियो । सिरहा सदरमुकामको महावीर चौक माइती भएको रितुको ९ वर्षअघि विवाह भएको थियो । उनको ६ वर्षीकी एक छोरी छिन् । रितुको माइतीपक्षले छोरीको हत्या गरेको भन्दै जिल्ला प्रहरी कार्यालय सिरहामा चार जनाविरुद्ध उजुरी दिएका छन् । 

 

null

यसअघि वैशाख २० गते सिरहा नपा–१४ खिरौनाका २१ वर्षीय मनिषा कुमारी मण्डलको पनि हत्या भएको थियो । दाइजोको कारण हत्या गरेको मनिषाको माइतीले आरोप लगाएको छ । सिरहाकै गोलबजार नपा–८ भाईजीटोल माइती रहेकी मनिषाको गत फागुनमा मात्र रामरेशसँग विवाह भएको थियो । उनलाई कवोलेको चार आना सुन नदिएको कारण छोरीको हत्या गरेको मनिषाको बाबु रघुनाथ मण्डलले आरोप लगाएका छन् । उनले छोरीको हत्या आरोपमा रामरेशसहित चार जना उपर मुद्धा दायर गरेको छ । 

त्यसैगरी, वैशाख १३ गते कल्याणपुरकी कञ्चन कुमारी मण्डलको पनि रहस्यमयी मत्यु भएको छ । कञ्चनको आगो लगाई हत्या भएको हो । आगलागीबाट गम्भीर घाइते भएकी कञ्चनले मृत्युअघि उपचारको क्रममा भएको हो । माइती पक्षले ज्वाइँको अन्य महिलासँग नाजायज सम्वन्ध रहेकोले छोरीसँग पटक–पटक झैझगडा हुने गरेकोले उनीहरुले नै हत्या गरेको आरोप लगाएको छ । सिरहामा एक महिना नवित्दै तीन बुहारी महिलाको हत्या भएको छ । आजको राजधानी दैनिकमा आलोक यादवले लेखेका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *