स्वारेज र बेन्जिमालाई पछि पार्दै मेस्सीले जिते पीचीची अवार्ड

एजेन्सी । बार्सिलोनाका कप्तान लियोनल मेस्सीले पीचीची अवार्ड जितेका छन् । स्पेनिस ला लिगा फुटबल च्याम्पियनमा आइतबार राति लिगको अन्तिम खेलमा दुई गोल गरेका मेस्सी सर्वाधिक गोलकर्ता बन्दै अवार्ड हात पार्न सफल भएका हुन् । 

 

मेस्सीले यो सिजन ला लिगामा ३६ गोल गरे भने अन्य प्रतियोगितामा गरि क्लवका लागि ५० औं गोल गर्न सफल भए । सर्वाधिक गोलकर्ता बनेर छैटौ पटक पीचीची अवार्ड हात पारेका मेस्सीले आफ्नै क्लबका लुइस स्वारेज र रियल मड्डिका स्ट्राइकर करिम बेन्जिमालाई पछि पारेका हुन् । मेस्सीले ३६ गोल गर्दा १३ एसिष्ट समेत गरेका थिए । 

null

यता, सर्वाधिक गोल गर्ने खेलाडीको दोस्रो स्थानमा रहेका स्वारेजले २१ गोल गरे । त्यस्तै, तेस्रो स्थानमा रहेका रियलका बेन्जिमाले पनि २१ नै गोल गरे । सेल्टा भिगोका लगो आसपासले २० गोल गर्न सफल भएका थिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *