प्रधानमन्त्री कपः आर्मीको विजयी सुरुवात

 

जेठ १०, काठमाडौं । प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले विजयी सुरुवात गरेको छ । 

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा शुक्रबारदेखि सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा प्रदेश नम्बर २ लाई १ सय ७१ रनले पाखा लगाउँदै आर्मीले विजयी सुरुवात गरेको हो । 

null

आर्मीले दिएको २ सय ७९ रनको लक्ष्य पछ्याएको प्रदेश २ ले ३१.४ ओभरमा सबै विकेट गुमाएर एक सय ७ रन मात्र बनाउन सक्यो । 

प्रदेश २ का लागि हरी शंकर साहले सर्वाधिक २१ रन बनाए । संसद शेखले १६, सुधीर चौधरीले १५ र राशिद खानले १४ रन बनाए । 

आर्मीका साहब आलमले चार विकेट लिए भने जितेन्द्र मुखिया र सुसन भारीले २/२ विकेट लिए । 

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले निर्धारित ५० ओभर नौ विकेटको क्षतिमा २ सय ७८ रन बनाएको थियो । आर्मीका लागि राजु रिजाल र कप्तान बिनोद भण्डारीले अर्धशतकीय इनिङ खेले । 

ओपनर राजुले ९० रन बनाए । यसैगरी विनोदले ६६, रोहित कुमार पौडेलले ४७, हरि चौहानले २६ र सुशन भारीले अविजित १२ रन जोडे । 

प्रदेश २ का हरिशंकर साहले तीन विकेट लिए । 

जितसँगै समूह ‘बी’ मा रहेको आर्मीले तीन अंक जोडेको छ । 

प्रतियोगितामा तीन विभागसहित ७ प्रदेशले सहभागिता जनाएका छन् । सहभागि टिमलाई दुई समूहमा विभाजन गरिएको छ । समूहका शीर्ष दुई टिमले सेमिफाईनलमा स्थान बनाउनेछन् । 

प्रतियोगिताको विजेताले २० लाख र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताको उत्कृष्ट खेलाडीले मोटरसाईकल प्राप्त गर्नेछ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *