सरकारको नीति तथा कार्यक्रम आज संघीय संसदमा पेस हुँदै

 

बैशाख २०, काठमाडौं । संघीय संसदमा शुक्रबार सरकारको वार्षिक नीति तथा कार्यक्रम पेस हुँदैछ । 

आगामी आर्थिक बर्षमा लागु गर्ने नीति तथा कार्यक्रम सरकारका तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीले पेस गर्नेछिन्। संघीय संसद्को संयुक्त बैठकमा अपराह्न ४ बजे नीति कार्यक्रम पेस हुनेछ। 

null

राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि उनलाई धन्यवाद दिन आजै प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक पनि बोलाइएको छ । धन्यवाद प्रस्ताव परित गर्न साढे पाँच बजे राष्ट्रिय सभाको बैठक र ६ बजे प्रतिनिधि सभाको बैटक बोलाइएको संसद सचिवालयले जनाएको छ । 

वैशाख २४ गते नीति तथा कार्यक्रममा प्रधानमन्त्रीले जवाफ दिनेगरी सङ्घीय संसद् सचिवालयले कार्यतालिका बनाएको हो । सोही दिन नीति तथा कार्यक्रम पारित गर्ने तयारी छ। नीति तथा कार्यक्रम पारित भएपछि मात्र प्रि–बजेट पेस हुनेछ। आगामी आर्थिक बर्षको बजेट भने आगामी जेठ १५ गते पेस गर्ने सरकारले तयारी गरेको छ । 

नीति तथा कार्यक्रम मन्त्रिपरिषद्को वैशाख १७ गतेको बैठकले अनुमोदन गरिसकेको छ। 

सरकारले बनाउने नीति तथा कार्यक्रमलाई अन्तिम रुप दिएर अर्थमन्त्री डा युवराज खतिवडा फिजी प्रस्थान गरिसकेका छन् । एशियाली विकास बैंकको बोर्ड अफ गभर्नर्सको ५२ औं वार्षिक बैठकमा भाग लिन अर्थमन्त्री खतिवडा फिजी प्रस्थान गरेका हुन् । 

 प्रतिनिधि सभाको चौथो अधिवेशन २०७६ साल वैशाख १६ गते सोमबारबाट शुरु भएको हो । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *