नेविसंघका कार्यकर्ताद्वारा त्रिविको भौतिकशास्त्र विभागमा तालाबन्दी

 

वैशाख १८, काठमाडौं । नेपाल विद्यार्थी संघका कार्यकर्ताले कीर्तिपुरमा रहेको त्रिभुवन विश्वविद्यालयको भौतिकशास्त्र विभागमा तालाबन्दी गरेका छन् । 

पुरानो पाठ्यक्रममा आधाारित गत पुसमा भएको स्नातकोत्तर तहको भौतिकशास्त्रतर्फको परीक्षामा नयाँ पाठ्यक्रमबाट प्रश्नपत्र सोधिएकाले विद्यार्थीहरू आन्दोलनमा उत्रिएका हुन् । 

null

त्रिभुवन विश्विद्यालयका रजिष्ट्रार दिलीप उप्रेतीले विश्वविद्यालयमा पढाएको कोर्सभन्दा बाहिरबाट परीक्षामा प्रश्न सोधिएको अनि पुनः परीक्षा नगराई रिजल्ट प्रकाशन गरिएकाले पनि विद्यार्थी आन्दोलित भएको बताए । 

विद्यार्थीको मागको विषयमा बिहीबार मात्र छलफल हुने भनिएको छ । यद्यपि, प्रश्नपत्रको विषयलाई लिएर तालाबन्दी नै गर्न आवश्यक नरहेको विभाग प्रशासनले जनाएको छ । भौतिकशास्त्र विभागका प्रमुख बिदामा रहेकाले खासमा के भएको भन्ने फेरिहस्त प्राप्त नभएको त्रिभुवन विश्वविद्यालयकी रेक्टर डा. सुधा त्रिपाठीले बताइन्। 

उक्त परीक्षामा नेपालभरबाट कुल १०० जना परीक्षामा सहभागी भएकामा २० जना विद्यार्थीले परीक्षा बहिष्कार गरेका थिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *