इंग्ल्यान्डद्वारा पाकिस्तान विरुद्धको सिरिज कब्जा

एजेन्सी । पाकिस्तानविरुद्धको सिरिज घरेलु टिम इंग्ल्यान्डले १ खेलअघि नै कब्जा गरेको छ । शुक्रबार राति भएको चौथो खेलमा ३ विकेटको जित निकालेर इंग्ल्यान्डले सिरिज कब्जा गरेको हो । 

 

पहिलो खेल अवरुद्ध हुँदा इंग्ल्यान्डले लगातार ३ खेल जित्यो । पाँचौ खेलअघि इंल्यान्ड सिरिजमा ३-० ले अघि छ । पहिले ब्याटिङ गरेको पाकिस्तानले ५० ओभरमा ७ विकेटको क्षतिमा ३ सय ४० रन जोड्यो । पाकिस्तानका लागि बाबर अजामले १ सय १५ रन जोडेका थिए । 

null

 

फकर जमानले ५७ रन बटुल्दा मोमहद हफिजले ५९ रन बनाए । बलिङमा इंल्यान्डका टम कुरानले ४ विकेट लिए । ३ सय ४१ रनको लक्ष्य इंल्यान्डले ३ बल बाँकी छदा ७ विकेटको क्षतिमा पूरा गर्यो । इंल्यान्डका लागि ओपनर जासन रोएले १ सय १४ रन जोडेका थिए । 

८९ बलमा ११ चौका र ४ छक्का हिर्काएका रोए खेलको म्यान अफ दि म्याच भए । बेन स्टोक्सले नटआउट ७१ रनको योगदान दिदा इंल्यान्डको जित सम्भव भयो । बलिङमा पाकिस्तानका इमाद वासिम र मोमहद हासनइनले २/२ विकेट लिएका थिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *