यी बलिउड नायिका सबैसँग लुकेर हिँड्नुकाे कारण यस्ताे छ

बैशाख १९ ।  बलिउड नायिका समिर रेड्डी लामो समयदेखि फिल्मबाट टाढा छिन् । हालै उनले आफ्नो सोसल मिडिया अकाउन्टमा आफ्ना दुई फोटोको एउटा कोलाज सेयर गरेकी छिन् । यो कोलाजमा समिराले सन् २०१५ मा गर्भावस्थापछि र अहिलेको तस्बिर दाँजेकी छिन् । 

 

समिराले आफ्नो इन्स्टग्राममा तस्बिर सेयर गर्दै लेखेकी छिन्, ‘मेरो लागि यो सेयर गर्नु निकै महत्वपूर्ण छ किनभने महिलाले यो थाहा पाउन जरुरी छ कि यस्तो संघर्ष सबैलाई पर्छ । ’ उनका अनुसार सन् २०१५ मा जब उनका छोरा हंसको जन्म भयो तब उनको तौल १०२ किलोसम्म पुगेको थियो । त्यसपछि उनी निकै तनावमा हुन थालेको बताइन् । 

null

 

समिरा थप्छिन्, ‘जब मेरो तौल बढ्यो तब म निकै चिन्तित हुनथालेँ । मलाई यो भन्न कुनै समस्या छैन कि त्यतिबेला मेरो आत्मविश्वास निकै कम भएको थियो । यतिका वर्षसम्म फिट भएकी म बढ्दो तौल सहित मानिसहरुसामू उभिन हिम्मत गरिनँ । त्यसकारण म सबैसँग लुक्दै हिँड्थेँ । ’ समिरा दोस्रो सन्तानलाई जन्म दिन तयारीमा छिन् । एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *