कमेडी चलचित्र ‘दाल भात तरकारी’ ले शोलो रिलिज पायो

बैशाख २०, काठमाडौँ । फ्राईडे रिलिजको नियम पालना गर्दैै यो साताको शुक्रबार चलचित्र ‘दाल भात तरकारी’ रिलिज भएको छ । हरेक साताको शुक्रबार दुई वा तीन चलचित्र जुध्दै आईरहेको अवस्थामा यस चलचित्रले भने शोलो रिलिज पाएको छ ।  

 

सुदन के. सी.को डेब्यू निर्देशनमा तयार भएको यस चलचित्रको काहानी अमेरिका जानका लागि करोडौ खर्च गरेर डुबेको एक परिवारको कथा ले भरिएको छ भने  यस चलचित्रले विदेश नै जानु भन्दा नेपालमा नै केही गर्न सकिन्छ भन्ने कथा बाेकेकाे छ । 

null

यस चलचित्रमा मुख्य भूमिका हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, निरुता सिंह, आँचल शर्मा, पुष्प खड्का, वर्षा राउत, शिवहरी पौडेलल गायतका  कलाकार रहेक छन् । 

 

महजोडीको प्रस्तुति र किरण केसीले निर्माण रहेकाे यस चलचित्रले प्रर्दशनमा आउनु भन्दा अगाडी नै ओभरसिज राइट्सबाट लगभग करोड हात पारिसकेको हल्ला चलेकाे छ। चलचित्र ‘दाल भात तरकारी’ ले मल्टीप्लेक्समा धेरै शो पाउनुको साथै सिंगल थिएटरमा समेत राम्रो स्थान पाएको छ । 

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *