देवस्वमा ब्रह्मलुट : सवारी साधन दुरुपयोगदेखि ३१२ प्रतिशतसम्म बढी शुल्क

काठमाडौं, १२ जेष्ठ । चालीस वर्षदेखि स्थगित वाग्मती तीर्थयात्रा पशुपति क्षेत्र विकास कोषले सञ्चालन गर्‍यो । यो यात्राका लागि खर्चको व्यवस्था कोषमा थिएन । कार्यसम्पादन समितिले २०७४ चैत २० मा खर्च व्यवस्थापन पर्यटन प्रवर्द्धन शीर्षकबाट गर्ने निर्णय गर्‍यो । यात्रामा कति सहभागी हुने, कति सुरक्षाकर्मी परिचालन हुने र तिनीहरूलाई कति खर्च गर्ने भनेर अनुमानित लागत तयार गरिएन । 

 

२०७५ वैशाख २८ गते २ वटा फरकफरक दरमा खाना खुवाइएको उल्लेख छ । एउटा बिजकमा प्रतिसेट ७ सय ३० का दरले ३ सय ५० जनालाई खाना खुवाइएको छ । बिजक नम्बर २०७०/०७५/०१/२८ बाट पीएस सप्लायर्सले ४ लाख ८५ हजार ७ सय १९ रुपैयाँ भुक्तानी लिएको छ । त्यही दिनको २०७२/०७५/०१/२८ नम्बरको अर्को बिजकमा प्रतिसेट २ सय ८० रुपैयाँमा ३ सय ९० जनालाई खाना खुवाएको उल्लेख छ । 

null

असार ८ गतेको अर्को बिजकमा खानाको दर प्रतिसेट ७ सय ३० रुपैयाँ नै पेस गरिएको छ । यो बिजकबाट १ लाख २३ हजार ३ सय ९६ जना ब्राहमण तथा आगन्तुकलाई खाना खुवाएको बिल पेस भएको छ । ०७२/०७५/०१/०८ को बिजकमा चाहिँ खानाको प्रतिसेट २ सय ८० रुपैयाँ उल्लेख छ । १ सय ५० जनालाई खाना खुवाएको भन्दै यो बिजकबाट पीएस सप्लायर्सले १ लाख २३ हजार ७ सय ३५ रुपैयाँ भुक्तानी लिएको छ । 

विभिन्न सामग्री खरिद भनेर २ लाख ३९ हजार २ सय रुपैयाँ भुक्तानी पीएस सप्लायर्सले लिएको छ । खाना, खाजा र बस भाडालगायतमा ९ लाख ७२ हजार रुपैयाँ खर्च भएको देखाइएको छ । कार्यकारी समितिले अधिकतम १५ लाख रुपैयाँसम्म खर्च गर्न सक्ने निर्णय गरेको थियो । यो खर्च नियमसंगत नभएको महालेखा परीक्षक कार्यालयले औंल्याएको छ । पशुपति क्षेत्र विकास कोषको अनियमितता यसमा मात्र सीमित छैन । पुजारीको भत्ता, पूजा खर्च, विद्युत् महसुल, बहालकर, सवारी साधन प्रयोग, घाट व्यवस्थापनमा समेत अनियमितता भेटिएका छन् । आजको कान्तिपुर दैनिकमा दामोदर न्यौपानेले लेखेका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *