अमेरिकी तीन अश्वेतले जिते सौन्दर्य प्रतियोगिता

एजेन्सी । मिस वर्ल्ड प्रतियोगिताका आयोजकले काला जातिलाई जानीबुझी उपाधि होडबाट बाहिर राख्ने आरोप लागिरहेका बेला अमेरिकामा भने यो वर्षका प्रमुख तीन उपाधि काला जातिका युवतीले जितेका छन् । उनीहरूले उपाधि जितेको समाचार विश्वभरका मिडियाले चर्चाको विषय बनाएका छन् । यो वर्षको मिस अमेरिका, मिस युएसए र मिस टिन युएसएको उपाधि तीन अश्वेत युवतीले जितेका हुन् । 

तीन उपाधि एकै वर्ष अश्वेतले जितेको यो पहिलोपटक हो । तर, तीनैजना उपाधि जित्ने दोस्रो युवती भएका छन् । यसअघि मिस अमेरिकाको उपाधि सन् १९८४ मा अश्वेत महिला भनेसा विलियम्सले जितेकी थिइन् । त्यस्तै, मिस युएसएको उपाधि सन् १९९० मा कारोल जिस्ट र मिस टिन युएसएको उपाधि सन् १९९१ मा जानेल बिसोपले जितेका थिए । उनीहरू दुवै अश्वेत हुन् । 

 

null

१. मिस अमेरिका निआ फ्रान्कलिन२५ वर्षीया निआ फ्रान्कलिनले गत सेप्टेम्बरमा भएको मिस अमेरिकाको उपाधि जितेकी हुन् । मिस अमेरिकाको ९८ वर्षे इतिहासमा यो उपाधि जित्ने उनी दोस्रो अश्वेत युवती हुन् । उनी नर्थ क्यारोलिना राज्यको विन्स्टन–सलेमकी बासिन्दा हुन् । यसअघि उनले मिस न्युयोर्क २०१८ को उपाधि पनि जितेकी थिइन् । उनी संगीतकार पनि हुन् । 

उनले इस्ट कारोलिना विश्वविद्यालयबाट संगीतमा स्नातक र नर्थ क्यारोलिना विश्वविद्यालयबाट संगीतमा स्नातकोत्तर गरेकी छिन् । निआ समाजसेवामा पनि सक्रिय छिन् । उनले मिस अमेरिकाको उपाधि जित्दा ब्रिजेट ओइ पहिलो रनरअप र होली कोनवे दोस्रो रनरअप भए । दुवै श्वेत हुन् । तेस्रो र चौथो रनरअप पनि श्वेत युवती नै घोषित भएका छन् । टप १० मा पुग्ने निआबाहेक सबै श्वेत युवती नै थिए । 

२. मिस युएसए चेस्लिए क्रिस्ट २८ वर्षीया चेस्लिए क्रिस्टले मिस युसए २०१९ को उपाधि जितिन् । उनी एथलेटिक्सकी पूर्वखेलाडी हुन् । उनले साउथ क्यारोलिना विश्वविद्यालयबाट खेलकुद प्रतियोगिताहरूमा भाग लिन्थिन् । खेलप्रेमीहरूले उनलाई ‘सेसी’ उपनामले चिन्छन् । सन् २०१३ मा साउथ क्यारोलिना विश्वविद्यालयबाट स्नातक गरेपछि उनी कानुन पढ्न वेक फरेस्ट विश्वविद्यालय गएकी थिइन् । अहिले उनी कानुन व्यवसायीका रूपमा कार्यरत छिन् । 

उनी फेसन ब्लगरका रुपमा पनि चिनिन्छिन् । तर, यो उनको पार्टटाइम काम भएको बताइएको छ । गत बिहीबार भएको मिस युएसएको फाइनलमा उनले आफ्नो गृहराज्य नर्थ क्यारोलिनाबाट प्रतिनिधित्व गरेकी थिइन् । अब उनले दक्षिण कोरियामा हुने मिस युनिभर्समा अमेरिकाको प्रतिनिधित्व गर्नेछिन् । प्रतियोगितामा उनले उपाधि जित्दा अलेजान्ड्रा गोन्जालेज पहिलो रनरअप र ट्रिअना ब्रोउन दोस्रो रनरअप घोषित भए । 

३. मिस टिन युएसए कालिघ गारिसमिस टिन युएसए २०१९ को उपाधि कालिघ गारिसले जितिन् । मिस टिन युएसको ३७ वर्ष लामो इतिहासमा उपाधि जित्ने उनी दोस्रो अश्वेत किशोरी हुन् । गत २८ अप्रिलमा नेभादाको रेनोस्थित ग्रान्ड सिएरा रिसोर्टमा भएको प्रतियोगितामा उनले उपाधि जितेकी हुन् । उनकी दिदी धेरै प्रकारको अपांगताबाट पीडित छिन् । त्यसैले अपांगता भएकाको सम्मानमा कालिघले ‘वी आर पिपल फस्ट’ नारा रचेकी छिन् । 

उनी पछिल्लो एक दशकदेखि समकालीन जाज, हिपहप र टाप नृत्य प्रतिस्पर्धाका लागि तयारी गरिरहेकी छिन् । उनी याले न्यु हेभन अस्पतालमा स्वयंसेवकको रूपमा काम पनि गरिरहेकी छिन् । उनी स्कुल तहपछि नर्सिङमै स्नातक गर्ने तयारीमा छिन् । कालिघले मिस टिन युएसएको उपाधि जित्दा काइत्यान भोगेल पहिलो रनरअप र एरिका एभेटे बोनिला दोस्रो रनरअप भए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *