हलिउडका यी अभिनेताले गरे आत्महत्याः आत्महत्या गर्नु अघि यस्ताे मेसेज

 

जेठ ३ । ४२ वर्षका नायक इसाक क्यापीले पुलबाट हाम फालेर आत्महत्या गरेका छन् । इसाक चर्चित फिल्म थोरमा आफ्नो महत्वपूर्ण भूमिकाका लागि परिचित छन् । 

 यूएसए टुडेको रिपोर्ट अनुसार अभिनेताले एरिजोनाको फ्ल्यागस्टाफ नजिकैको एक पुलबाट राजमार्गमा हाम फालेर आत्महत्या गरेका हुन् । एरिजोनाको सार्वजनिक सुरक्षा विभागले यो जानकारी दिएको हो । 

null

रिपोर्टका अनुसार दुई पुरुषले उनलाई हाम हाल्नबाट रोक्ने कोसिस पनि गरे तर उनीहरु सफल हुन सकेनन् । हाम फालेपछि उनी एक गाडीसँग ठोक्किए जसका कारण उनको घटनास्थलमा नै मृत्यु भएको जानकारीमा उल्लेख छ । 

नायकले आत्महत्या अघि आफ्नो इन्स्टाग्राम अकाउन्टमा लामो र दुखी बनाउने मेसेज लेखेका छन् । उनले आफ्नो पोष्टमा लेखे, ‘पछिल्लो एक हप्तामा मैले आफ्नै विषयमा विभिन्न आत्ममन्थन गरेको छु । मैले आफूले आफैंलाई राम्रो मान्छे ठान्थेँ तर म राम्रो व्यक्ति होइन । म यो भन्न चाहन्छु कि म सधैंभरी एक नराम्रो व्यक्ति नै रहेँ ।’ 

 

आफ्नो उक्त पोष्टमा उनले रक्सी र लागुऔषधसँगको संघर्षको कथा पनि बयान गरेका छन् । उनले जिसस क्राइस्ट, अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र ती सबैसँग माफी मागेका छन् जसलाई उनले जानी नजानी दुःख पुर्‍याएका छन् । 

उनले थुप्रै चर्चित फिल्ममा साना भूमिका निभाएका थिए । सन् २०११ मा ब्लककस्टर फिल्म थोरमा आफ्नो भूमिकाबाट उनले सबैभन्दा धेरै चर्चा बटुलेका थिए । यसबाहेक सन् २००९ मा रिलिज भएको फिल्म ‘टर्मिनेटर साल्वेशन’ मा उनले बारबारोसा र यसै वर्ष रिलिन भएको फिल्म ‘फ्यानबोयज’ मा गरफनकेलको भूमिका निभाएका थिए । एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *