प्रधानमन्त्री कार्यालयमा सुरु भयो ‘एक्सन रुम’

 

जेठ १५, काठमाडौं । प्रधानमन्त्री कार्यालयमा आजबाट एक्सन रुमको सुरुवात गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले एक्सन रुमको उद्घाटन गरेका हुन् । 

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेशका समस्या समाधान तथा मुख्यमन्त्रीहरुसँग छलफलका लागि आफ्नो कार्यालयमा एक्सन रुम सञ्चालनमा ल्याएका हुन् । 

null

योसँगै उनले कार्यालयमै बसेर मुख्यमन्त्रीहरुको गतिविधि नियाल्ने छन् भने विकास आयोजनाको अनुगमन तथा छलफल पनि गर्नेछन् । 

प्रधानमन्त्रीले उद्घाटनकै दिनमा सातवटै प्रदेशका मुख्यमन्त्रीसँग राज्य सञ्चालनका विविध पक्षमा संक्षिप्त कुराकानी गरेका थिए । 

एक्सन रुम निर्माण भएपछि सातवटै प्रदेशका मुख्यमन्त्रीसँग भिडियो कन्फरेन्स मार्फत एकै पटक छलफल गर्न र राष्ट्रिय गौरवका विकास प्रणाली जडान गरी अनुगमन पनि गर्न सकिने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − seventeen =