सीपीएल टी-२० क्रिकेटको ड्राफ्टमा चार नेपाली खेलाडीको नाम समावेश

काठमाडौं, २ जेठ । क्यारेबियन प्रिमियर लिग सीपीएल टी २० क्रिकेटको ड्राफ्टमा नेपाली राष्ट्रिय टोलीका चार खेलाडीको नाम समावेश भएको छ । सीपीएलले सार्वजनिक गरेको ड्राफ्टमा नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने तिब्र गतिका बलर सोमपाल कामी, दिपेन्द्र सिंह ऐरी र रोहित कुमार पौडेल रहेका छन् । 

 

सन्दीपले गत सिजनको सीपीएल पनि खेलका थिए । उनले गत सिजन सेन्ट किट्स एन्ड नाभिस प्याट्रियट्सबाट सीपीएल खेलेका थिए । गत सिजन सन्दीपले ५ खेल खेल्दै ७ विकेट लिएका थिए । 

null

सीपीएलको ड्राफ्ट आगामी मे २२ मा लण्डनमा सार्वजनिक गरिनेछ । यस पटकको ड्राफ्टमा सम्रगमा २० देशबाट कीर्तिमानी ५ सय ३६ विदेशी खेलाडीले स्थान बनाएका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 2 =