सिटीले उचाल्यो प्रिमियर लिगको उपाधि, लिभरपुल एक अंकले पछाडि

एजेन्सी । इंग्लिस प्रिमियर लिगको उपाधि साविक विजेता म्यानचेस्टर सिटीले जितेको छ । आइतबार भएको अन्तिम खेलमा ब्राइटन एन्ड होभ एल्बियनको घरेलु मैदानमा सिटीले ४-१ को फराकिलो जित दर्ता गर्दै उपाधि पक्का गरेको हो । 

 

खेल दौरान एक समय सिटी १-० ले पछाडी रहँदा लिभरपुलले अग्रता लिँदै उपाधि होडमा अगाडी रहने देखिएको थियो । ब्राइटनका लागि खेलक २७ औं मिनेटमा भेट्रान फरवार्ड ग्लेन मरेले पास्कल ग्रसको पासमा गोल गरेका थिए । तर, त्यसको एक मिनेट नबित्दै सर्जियो अगुएरोले खेललाई बराबरीमा ल्याए । 

null

 

एमेरिक लापोर्टले खेलको ३८ औं मिनेटमा कर्नरमा हेडरमार्फत गोल गर्दै सिटीलाई उपाधि होडमा अगाडी बढाए । दोस्रो हाफको ६३ औं मिनेटमा रियाद माहरेजले सिटीको अग्रता बढाए । उनले डेविड सिल्भाको पासलाई गोलमा परिणत गरे । ७२ औं मिनेटमा इल्काए गुन्डोगनले फ्रिकिकमा गोल गर्दै सिटीको उपाधि पक्का गरेका थिए । 

 

अन्तिम खेलपछि सिटीले ३८ खेलमा ३२ जित २ बराबरी र ४ हारसहित ९८ अंक जोड्यो । दोस्रो स्थानको लिभरपुलले ३८ खेलमा ३० जित, ७ बराबरी र १ हार मात्र बेहोर्यो । लिभरपुलले आफ्नो खेलमा वल्भ्सलाई २-० ले पराजित गरेपनि उपविजेतामा सिमित भयो । लिभरपुलका लागि दुवै गोल साडियो मानेले गरे । उनले पहिलो हाफको १७ औं र दोस्रो हाफको ८१ औं मिनेटमा गोल गरे । 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − five =