राष्ट्रपति र प्रधानमन्त्रीको तस्विर दुरुपयोग गर्ने प्रधानाध्यापक पक्राउ
२०७६ वैशाख २५ गते

बैशाख २४, काठमाडौं । सिन्धुपाल्चोकस्थित फटकशिला माविका प्रधानाध्यापक तथा शिक्षक महासङ्घ सिन्धुपाल्चोकका सचिव ईश्वर चौलागाईं पक्राउ परेका छन्।
इलाका प्रहरी कार्यालय मेलम्चीले राष्ट्रपति विद्यादेवी भण्डारी र सरकार प्रमुख प्रधानमन्त्री केपी शर्मा ओलीका तस्विर दुरुपयोग गरी आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत् सार्वजानिक गरेको आरोपमा उनलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यलय मेलम्चीका प्रहरी निरीक्षक महेन्द्र दर्नालले जानकारी दिए।
null
चौलागाईंलाई साइबर क्राइम अन्तर्गत पक्राउ गरिएको र आजै महानगरीय अपराध माहाशाखामा बुझाइने बताइएको छ। रासस
२०७६ वैशाख २५ गते
प्रतिक्रिया
सम्बन्धित








