सातौं भलुवा गोल्डकप फुटबल प्रतियोगिता सुरु

सुनसरी, १७ जेठ । सुनसरीको भलुवामा बिहीवारदेखि सातौं भलुवा गोल्डकप फुटबल प्रतियोगिता सुरु भएको छ । उदघाटन खेलमा विर्तामोड यूनाइटेड झापाले उदयपुर ११ उदयपुरलाई ३–१ गोल अन्तरले पाखा लगाउँदै क्वाटर फाइनलमा प्रवेश गरेको छ । 

झापा र उदयपुरले खेलको पहिलो हाफमा बराबरीमा खेलेपनि दोस्रो हाफमा झापाले उत्कृष्ट खेलको नमूना प्रस्तुत गर्यो । खेलको पहिलो हाफको पाँचौं मिनेटमा उदयपुरका तर्फबाट दिवस श्रेष्ठले पहिलो गोल गरेका थिए । तर, पहिलो हाफको १३ मिनेटमा विर्तामोडका सुमिल मैनालीले गोल गरि खेललाई बराबरीमा पु¥याएका थिए । 

 

null

पहिलो हाफको खेल प्रतिस्पर्धात्मक भएपनि दोस्रो हाफमा उदयपुर टिक्न सकेन् । जसको मौका विर्तामोडले लिर्दै दोस्रो हाफको ३० औं मिनेटमा विकास थुलुङ् र ४० औं रमेश गुरुङ्ले गोल गरि आफ्नो टीमलाई ३–१ गोलको अग्रता दिलाए । खेलमा विर्तामोडेका योगेश गुरुङ म्यान अफ दि म्याच घोषित भए । उनले नगद पाँच हजार पाए । 

 

शुक्रवारको दोश्रो खेल रेड हर्ष क्लब इलाम र आयोजक गोल्डेन स्टार युथ क्लब भलुवाका बिच हुनेछ । स्थानीय गोल्डेन स्टार युथ क्लब भलुवाको आयोजनामा भइरहेको प्रतियोगितामा १० टोलिले प्रतिस्पर्धा गर्दैछन् । गोल्डकप फुटबल प्रतियोगितामा नेपाल र भारतका गरि १० टोलि मध्ये प्रथम हुँने टिमले उपाधी सहित ३ लाख र उप विजेताले १ लाख ५० हजार पाउने क्लबका अध्यक्ष पशुपति सरदारले जानकारी दिए । 

 

भलुवा गोल्डकप फुटबल प्रतियोगिता जेठ २५ गते सम्म हुनेछ । बिहीवार भलुवा खेल मैदानमा भएको समुदघाटन खेलका प्रमुख अतिथि रहँनु भएका दुहवी नगरपालिकाका मेयर बेदनारायण गच्छदारले खेलको उद्घाटन गर्नुहुँदै खेलकुद विकासकालागि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + twelve =