उपाधि विजेता युभेन्टस अन्तिम खेलमा पराजित
मकालु खबर
२०७६ जेठ १३ गते
एजेन्सी । इटालीयन लिग फुटबल सिरी ‘ए’ को अन्तिम खेलमा च्याम्पियन युभेन्ट्स पराजित भएको छ । युभेन्टसलाई गएराति भएको खेलमा साम्पडोरियाले २–० ले पराजित गरेको हो । घरेलु मैदानमा साम्पडोरियालाई विजयी गराउन ग्रिगोईर डिफ्रेल र जियानलुका काप्रारीले एक–एक गोल गरे ।
हारसँगै स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोबिना मैदानमा उत्रिएको युभेन्ट्सले सिजनको अन्तिम खेलमा उत्कृष्ट प्रदर्शन गर्न सकेन । यसअघि नै च्याम्पियन बनेको युभेन्ट्सले ३८ खेलबाट ९० अंक जोड्यो ।
null
यो सिजनको सिरी ए फुटबलबाट च्याम्पियन युभेन्टससँगै नापोली, एटलान्टा र ईन्टर मिलान पनि आगामी सिजनको युएफा च्याम्पियन्स लिग फुटबलका लागि छानिएका छन् । पाँचौ स्थानको एसी मिलान र छैटौं स्थानको एएस रोमा युरोपा लिगमा थन्किएका छन् ।
मकालु खबर
२०७६ जेठ १३ गते
प्रतिक्रिया
सम्बन्धित