औद्योगिक पूर्वाधार विकासका लागि २ अर्ब ८७ करोड

 

जेठ १५, काठमाडौँ । सरकारले औद्योगिक पूर्वाधार विकासका लागि २ अर्ब ८७ करोड बजेट विनियोजन गरेको छ । 

इटहरी–विराटनगर, पथलैया–विरगञ्ज, वुटवल–वेहलिया, कोहलपुर–जमुना र अत्तरिया धनगढीलाई औद्योगिक क्षेत्र विस्तार गर्न जग्गा ब्यवस्थापन, विद्युत ब्यवस्थापन र विद्युत प्रशारण लाईन जस्ता पूर्वाधार निर्माणका लागि बजेट छुट्याइएको छ । 

null

२ दर्जन औद्योगिक वस्तुहरुमा आत्मनिर्भर हुने गरी स्वदेशी उद्योग विकास विस्तार र आधुनिकीकरणमा प्रोत्साहन गर्ने, बन्द र रुग्ण उद्योग सञ्चालनमा संभाब्यता अध्ययन गरिनेछ । अत्यावश्यक वस्तुहरुको उत्पादनमा सहकारी र निजी क्षेत्रलाई प्रोत्साहित गरिनेछ । 

सार्वजनिक सेवाहरुमा स्वदेशी वस्तुहरुको उपयोगलाई कडाईका साथ लागू गरिनेछ । अन्तराष्ट्रिय सभा, सम्मेलन र भ्रमणमा स्वदेशी वस्तुहरु उपहारको ब्यवस्था गर्नुपर्ने अनिवार्य गरिएको छ । 

निर्माण सामग्री उपयोग गर्दा स्वदेशी प्रयोग गर्न प्राथमिकता दिइने छ । स्वदेशी कपडा उद्योगलाई प्रोत्साहन गर्ने भनिएको छ । स्वदेशी कपडा उद्योगलाई प्रोत्साहन गर्न मुल्य अभिबृद्दि करमा दर्ता भएका कपडा उद्योगहरुलाई विद्युत महशुलमा ५० प्रतिशत र बैंक कर्जामा ५ प्रतिशत ब्याज अनुदान दिने ब्यवस्था गरिएको छ । 

औद्योगिक क्षेत्र सञ्चालन नभएका प्रदेशहरुमा कम्तिमा एक औद्योगिक क्षेत्र सञ्चालनमा प्राथमिकता दिइने भएको छ । झापाको दमक, रुपन्देहीको मोतीपुर, मकवानपुरको मयुरघाट, चितवनको शक्तिखोर, बाँकेको नववस्ता, सुर्खेतको चौरासे र कञ्चनपुरमा औद्योगिक क्षेत्र पूर्वाधार निर्माण गरिने भएको छ । उदयपुर सिमेन्ट कारखाना र हेटौडा सिमेन्ट कारखानाको क्षमता विस्तार गरिने भएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *