नेपाल निजामती कर्मचारी संगठनद्वारा ११७ वर्षिय बाटुली लामिछाने सम्मानित

 

बैशाख २४, काठमाडौं । नेपाल निजामति कर्मचारि संगठन, केन्द्रीय समितिले नेपालकै सर्वाधिक जेष्ठ नागरिक बाटुली लामिछानेलाई सम्मान गरेको छ । संगठनले यस वर्षको मातातिर्थ औंशिको दिन पारेर अभिनन्दन पत्र सहित दोसल्ला ओढाएर सम्मान गरेको हो । 

१९५९ चैत्र १० गते जन्मिएकी लामिछाने ११७ वर्षकी भइन् । कर्मचारी संगठनले नुवाकोट जिल्ला ककनी गाउँपालिका वडा नम्बर ८ स्थित उनको घरमै पुगेर एक विशेष कार्यक्रमको आयोजना गरी सम्मान गरेको हो । 

null

प्राकृतिक विपद् र जीवनवृत्तिमा चरम अभावका कारणले नुवाकोटमा बसाईँ सर्न बाध्य भएको लामिछाने परिवारले बताएको छ । 

उक्त सम्मान कार्यक्रममा कर्मचारी संगठनका केन्द्रीय अध्यक्ष–केदार प्रसाद देवकोटा, वरिष्ठ उपाध्यक्ष–लेखनाथ कोइराला, उपाध्यक्ष तथा महिला विभाग प्रमुख भवानी दाहाल (न्यौपाने), महासचिव रेवन्त गौतम, ककनी गाउँपालिका अध्यक्ष मानबहादुर लामा, उपाध्यक्ष सीता खतिवडा लामा, ककनी गाउँपालिकाकै ८ नम्बरका वडाध्यक्ष शेषमान लामा लगायत विभिन्न विशिष्ट व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । 

सम्मान गर्ने क्रममा कर्मचारी संगठनको तर्फबाट पलङ, डसना, तन्ना, झुल, व्लाङ्केट, साडी सेट, हर्लिक्स, डाइपर, विस्कुट, मिठाइ लगायत विभिन्न सामाग्रीहरु हस्तान्तरण गरिएको थियो । सोही क्रममा विभिन्न विशिष्ट व्यक्तित्वहरुले आ–आफ्नो गच्छे अनुसार नगद दिएर लामिछानेको दिर्घायुको कामना पनि गरेका थिए । 

यस्तै बाटुली लामिछानेको दैनिकीमा सहजता होस् भन्ने हेतुले कर्मचारि संगठनकै केन्द्रीय महिला विभाग, ककनी गाउँपालिकाका प्रतिनिधि तथा पत्रकारहरू सहितको टोलीले सोही भेटमा गबाटुली लामिछानेलाई एकरएक थान ह्वील चेयर र झुल उपलब्ध गराएको थियो । 

उक्त कार्यक्रममा ककनी गाउँपालिकाको तर्फबाट मासिक दश हजार दिने औपचारिक घोषणा गरिएको छ । 

गाउँपालिका अध्यक्ष, मान बहादुर लामाका अनुसार आगामि जेष्ठ ४ गते उद्घाटन हुने ककनी कृषि मेलामा स्थानिय सरकारको तर्फबाट ककनी गाउँपालिका भित्रका ९० वर्ष माथिका सबै नागरिकहरूलाई प्रतिव्यक्ति जनही २५ हजार रुपैँया हस्तान्तरण गरिँदैछ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *