मेस्सीको कप्तानीमा अर्जेन्टिनाको टोली घोषणा

एजेन्सी । कोपा अमेरिका फुटबलका लागि लियोनल मेस्सीको कप्तानीमा अर्जेन्टिनाले टोलीको घोषणा भएको छ । मंगलबार राति प्रशिक्षक लियोनल स्कालोनीले प्रशिक्षणमा रहेका ४० खेलाडीबाट अन्तिम २३ सदस्यीय टोलीको घोषणा गरेका हुन् ।
सन् २०१६ को कोपा अमेरिकाको फाइनलमा अर्जेन्टिना चिलिसँग पेनाल्टी सुटआउटमा पराजित भएको थियो । त्यसपछि निरास बनेका मेस्सीले राष्ट्रिय टोलीबाट सन्यासको घोषणा गरेका थिए । तर, अर्जेन्टिनाका सर्मथक र राष्ट्रपतिले पटक पटक निर्णय फिर्ता लिन आग्रह गरेपछि मेस्सीले सन्यास फिर्ता लिएका थिए ।
null
मेस्सी सन् २०१८ को रुस विश्वकप पछि पनि प्रायः टोली बाहिरनै छन् । अर्को महिना ब्राजीलमा आयोजना हुने कोपा अमेरिकामा अर्जेन्टिनाले समूह ‘बी’ बाट प्रतिस्पर्धा गर्दैछन् । यस समूहमा अर्जेन्टिना सहित कोलम्विया, पाराग्वे र एसियाली टोली कतार रहेका छन् । सन् २०२२ को विश्वकप आयोजक कतारले आमन्त्रित टोलीको रुपमा सहभागिताको मौका पाएको हो ।
अर्जेन्टिनी टोलीगोलरक्षक : फ्रान्को अर्मानी, अगस्टिन मार्चेसिन र इस्टेब्यान एन्ड्राडाडिफेन्डर : निकोलस ओटामेन्डी, रामिरो फुनेस मोरी, मार्कोस अकुना, निकोलस टागलियाफिको, जर्मन पेज्जेला, रेन्जो साराभिया, मिल्टन केस्को र जुवान फोयथमिडफिल्डर : एन्जल डि मारिया, रोबर्टो पेरेरा, जियोभानी लो साल्सो, लियान्दो पाराडेस, रोड्रिगो डि पल, गुइडो रोड्रिग्वेज र इजेक्वेल पालासियोसस्ट्राईकर : ‘कप्तान’ लियोनल मेस्सी, सर्जियो अग्युरो, पाउलो डिबाला, लौटारो मार्टिनेज र माटियस सुवारेज








