श्रमिक दिवसका दिन नयाँ घर ‘ग्रिन हाउस’ मा सरे उपराष्ट्रपति
२०७६ वैशाख १९ गते

बैशाख १८, काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन नयाँ घरमा सरेका छन् ।
उपराष्ट्रपति पुन अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर गैह्रीधारामा रहेको सरकारी निवासबाट बुधबार लैनचौरस्थित रहेको उपराष्ट्रपति भवन ‘ग्रीन हाउस’ मा सरेका हुन् ।
null
मन्त्रिपरिषद्को गत भदौ २१ को बैठकले समाज कल्याण परिषद्को कार्यालय रहेको भवनलाई उपराष्ट्रपतिको कार्यालय तथा निवासका लागि (उपराष्ट्रपति भवन) सञ्चालनमा ल्याउने निर्णय गरेको थियो।
वातावरणमैत्री हरियो रङले रङ्ग्याइएकाले उक्त भवनलाई ‘ग्रीन हाउस’ नामाकरण गरिएको उनको सचिवालयले जनाएको छ ।
२०७६ वैशाख १९ गते
प्रतिक्रिया
सम्बन्धित








