एन आई सी एशिया बैंक र भाटभटेनी मनी ट्रान्सफर बिच रेमिटेन्स सम्झौता

बैशाख २४, काठमाडाैं । एन आई सी एशिया बैंक लिमिटेड र भाटभटेनी मनी ट्रान्सफर प्रा.लि.बिच रेमिटेन्स सम्झौता भएको छ । आज एक कायृक्रम विच दुई संस्थाको सम्झौता भएको हो । 

स्वदेश तथा बिभिन्न मुलुकहरुबाट आएको विप्रेषण रकम एन आइ सी एशिया बैंकका देश भरी रहेका २८२ शाखा कार्यालयहरु तथा ४० वटा एक्सटेन्सन काउण्टर मार्फत सरल र सुलभ रुपमा ग्राहकहरूले भुक्तानी पाउने गरी सम्झौता भएको छ । 

 

null

उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने तथा भाटभटेनी मनी ट्रान्सफरको तर्फबाट प्रवन्ध निर्देशक राजन कुमार अमात्यले हस्ताक्षर गरेका छन् । 

बैंकले मुलुकभर २८२ शाखा कार्यालयहरु, २८९ एटिएम, ४० वटा एक्सटेन्सन काउण्टर एवं २५ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ । 

करिब १६ लाख ग्राहकहरूका साथ सञ्चालनमा रहेको यस बैंकमा प्रमुख वित्तीय परिसुचकहरु अत्यन्त उत्साहप्रद रहेका छन् । भन, संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *