प्रधानमन्त्री ओली अकस्मात दिल्ली जाँदै
२०७६ जेठ १४ गते

काठमाडौं, १४ जेठ । प्रधानमन्त्री केपी शर्मा ओली भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दोस्रो कार्यकालको शपथ ग्रहण समारोहमा भाग लिन नयाँ दिल्ली जाने भएका छन् । मोदीको शपथ समारोहमा ओली सहभागी हुने निश्चित भएको परराष्ट्र अधिकारीले जानकारी दिए ।
दिल्लीस्थित नेपाली दूतावासले पनि शपथमा उच्च तहबाट सहभागिता हुने जनाएको छ । मोदीले बिहीबार राष्ट्रपति रामनाथ कोविन्दसमक्ष सपथ लिने कार्यक्रम रहेको छ । अन्नपूर्ण पोस्ट दैनिकमा यो खबर छापिएको छ ।
null
२०७६ जेठ १४ गते
प्रतिक्रिया
सम्बन्धित








