विश्व शारीरिक सुगठनका च्याम्पियन महेश्वरलाई ५ लाख नगदसहित सम्मान

 

बैशाख १९, काठमाडौं । सरकारले शारीरिक सुगठनका स्वर्ण पदक विजेता महेश्वर महर्जनलाई सम्मान गरेको छ । 

युवा तथा खेलकुद मन्त्रालयले सिंहदरबारमा बिहीबार एक कार्यक्रमको आयोजना गर्दै विश्व शारीरिक सुगठन च्याम्पियनसिपका विजेता महेश्वर महर्जनलाई नगदसहित सम्मान गरेको हो । 

null

महर्जनलाई ५ लाख नगदसहित सम्मान गरिएको मन्त्रालयले जनाएको छ । 

सम्मान कार्यक्रममा युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मा, राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्ट लगायतको उपस्थिति थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *