बलिउड सुनिल शेट्टीले स्वीकारे आफ्नो गल्ती

बैशाख ३१ ।  ९० को दशकमा सुनिल शेट्टी बलिउडका चर्चित नायक मध्येका एक थिए । त्यतिबेला एक्सन हिरोमा अक्षय, अजय देवगन र सुनिल शेट्टीको नाम लिइन्थ्यो । तर समय बित्दै गएपछि तीनैजनाको करियरले भिन्न मोड लियो । 

 

अक्षय र अजय देवगनले आजसम्म आफ्नो पकड बनाइराखे भने सुनिल शेट्टी आफ्ना केही गल्तीका कारण उक्त रेसमा समावेश हुन पाएनन् । यो कुरा सुनिल शेट्टी आफैंले मानेका छन् । एक वेबसाइटलाई दिएको अन्तरवार्तामा ५७ वर्षका सुनिलले आफ्नो करियर र साथीको सफलताबारे निकै खुलेर कुरा गरे । 

null

सुनिलले भने, ‘आज जब म अक्षय र अजयलाई देख्छु तब मलाई गर्व महसुस हुन्छ । म उनीहरुलाई स्यालुट गर्छु । उनीहरु मेरा निकै नजिकका साथी हुन् । आज उनीहरुले जुन सफलता हासिल गरेका छन् त्यसले मलाई प्रेरित गर्छ । मैले गल्ती गरेको छु र त्यसैकारण आज म यहाँ छु । म ती दुईको निकै तारिफ गर्छु र म पनि उनीहरु जस्तै हुन पाए भनेर सोच्छु । त्यसका लागि मैले अत्यधिक मेहनत गर्नुपर्छ ।’ 

सुनिलले आफ्नो गल्तीबारे जानकारी दिँदै भने, ‘म भावुक थिएँ, मैले कहिले पनि आफ्नो करियर प्लान गरिनँ । न नै कहिले उतार–चढावको योजना बनाएँ । यदि म खसेँ भने खसेँ । यदि आज मेरो शुक्रबार राम्रो छैन भने त्यो सबै मेरो गल्तीका कारण भएको हो । ’ 

उनले थपे, ‘म कहिले पनि गत शुक्रबार रिलिज भएको फिल्म हिट थियो वा फ्लप भनेर सोच्दिनँ । म दिमागी रुपमा निकै बलियो छु र आफूलाई विश्वास गर्छु ।’ एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *