यताबाट ओली जाने उताबाट माेदी आउने

 

जेठ १०, काठमाडौं । दोस्रो पटक भारतका प्रधानमन्त्री बन्ने तयारीमा रहेका नरेन्द्र मोदी सपथग्रहणको एक महिनापछि नेपाल आउने भएका छन् । भारत सरकारको अनुदान सहयोगमा निर्माण भएको जनकपुर जयनगर रेल सेवाको उद्घाटनका लागि मोदी नेपाल आउन लागेका हुन् । 

मोदीलाई दोस्रो कार्यकालको प्रारम्भमै सरकारी स्तरबाट नेपाल भ्रमणको निम्तो दिने तयारी समेत भइरहेको परराष्ट्र स्रोतले जनाएको छ । यसअघि मोदी आफ्नो पहिलो कार्यकालमा ४ पटक नेपाल भ्रमणमा आइसकेका छन् । 

null

यसैबीच ३० मे बिहिबार अर्थात जेठ १६ गते दिल्लीस्थित राजपथमा हुने शपथग्रहण समारोहमा नेपालबाट प्रधानमन्त्री ओली पनि सहभागी हुने भएका छन् । साँझ ५ बजे दिल्लीस्थित राजपथमा हुने शपथग्रहण समारोहमा नेपालबाट प्रधानमन्त्री ओली सोही दिन बिहान जाने तयारीमा रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

‘भारतिय मिडियाबाट मोदीको सपथग्रहणमा छिमेकी राष्ट्रलाई बोलाउने तयारी भएको सुनिएको छ, तर सरकारी पक्षबाट औपचारिक निम्तो आउन बाँकी छ, आएपछि सकेसम्म भारत जाने प्रधानमन्त्रीको मनस्थीती छ,’ प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले मकालु खबरसँग भने । आफ्ना सपथग्रहण समारोहमा मोदीले यसपटक बिम्सटेकका सदस्य राष्ट्र प्रमुखहरुलाई बोलाउने तयारी गरेका छन् । यसअघि २०१४ मा पहिलोपटक प्रधानमन्त्री बन्दा मोदीले विभिन्न देशका प्रमुखलाई निमन्त्रणा गरेका थिए । त्यतिबेला नेपालबाट तत्कालिन प्रधानमन्त्री सुशील कोईराला गएका थिए । 

मोदीको दोस्रो कार्यकालको सपथग्रहण कार्यक्रममा भाग लिन गएका क्रममा पहिलो बिदेश भ्रमण नेपालबाटै थालनी गर्न प्रधानमन्त्री ओलीले आग्रह गर्ने बताइएको छ । 

यता, जनकपुर–जयनगर रेल सेवा उद्घाटनका लागि मोदीलाई आमन्त्रण गर्ने तयारी भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले जानकारी दिए । भारतीय दूतावासमार्फत मोदीलाई पत्राचार गर्ने तयारी भएको उनले जानकारी दिए । 

‘प्रधानमन्त्री ओली ज्यू र भारतीय प्रधानमन्त्रीले संयुक्त रूपमा रेललाई हरियो झण्डा देखाएर उद्घघाटन गर्ने योजना बनाएका छौं, दूतावासमार्फत पत्राचार गर्ने तयारी छ’ मन्त्री महासेठले भने । 

बिगतमा भन्दा यसपटक धेरै सिट जितेपछि शनिबारसम्म राष्ट्रपति समक्ष मोदीले राजिनामा दिने बताइएको छ । त्यसपछि मोदी दोस्रो कार्यकालका लागि प्रधानमन्त्री बन्ने छन् । बहुमतका लागि २७२ सिट चाहिनेमा भारतीय जनता पार्टी एक्लैले ३०३ सिट जितेको छ । उसको गठबन्धनले भने जितेका सबै सिट जोड्दा ३५० भन्दा माथिको आंकडा पुगेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *