आईपीएल: कोलकत्ताद्वारा पन्जाब पराजित, प्लेअफको यात्रा रोमाञ्चक बन्दै

काठमाडौं । इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा शुक्रबार राति भएको खेलमा कोलकत्ता नाइट राइडर्सले किङ्स इलेभेन पञ्जाबलाई ७ विकेटले पराजित गरेको छ । टस हारेर ब्याटिङ गरेको पञ्जाबले दिएको १८४ रनको लक्ष्य कोलकताले १८ ओभर खेल्दै ३ विकेट गुमाएर पूरा गरको हो ।
पञ्जाबले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ८३ रन बनाएको थियो । कोलकत्ताका लागि सुभमन गिलले ६५ रन बनाएका थिए भने क्रिश लीनले ४६ रन बनाएका थिए । आन्द्र रसेल, रोविन उथप्पा र दिनेश कार्तिकले क्रमश २४, २२ र २१ रन बनाएका थिए ।
null
पञ्जाबका लागि साम कुरानले अविजित ५५ रन बनाएका थिए । निकोलस पोरानले ४८ रन बनाएको ईनिङ्समा मायाङ्का अग्रवालले ३६ रन बनाए । कोलकत्ताका सन्दीप वारियरले सर्वाधिक २ विकेट लिए । यसअघि चेन्नई सुपर किंग्स, मुम्बई ईन्डियन्स र दिल्ली क्यापिटल्स प्लेअफमा पुगिसकेका छन् ।








