‘लभ डायरीज’ फस्टलुक पोष्टर सार्वजनिक गरेसँगै प्रर्दशन मिती तय

 

बैशाख ३१, काठमाडौँ । प्रेम र कमेडीलाई समावेश गरी बनाईएको चलचित्र ‘लभ डायरीज’को फस्टलुक पोष्टर सार्वजनिक गरिएको छ । 

फस्टलुक पोष्टर सार्वजनिक गरेसँगै यस चलचित्रका निर्माण टिमले चलचित्रको प्रदर्शन मिति आगामी असोजको ३ गते भनेर घोषणा समेत गरेका छन् । 

null

यस चलचित्रमा मुख्य पात्रको रुपमा नायक सुशिल र नव नायिका रुविनालाइ देखाए पनि उनीहरु सँगै विश्वजित रिमाल, विष्णु सापकोटा, अर्जुनजंग शाही, बिशाल पहारीे लगायत कलाकारको अभिनय रहेकाे छ । 

सार्वजनिक गरिएको फस्टलुक पोष्टरमा अर्धनग्न नायक सुशिलको छात्तीमा टाउको अडेस लगाएकी रुबिना निकै रोमान्टिक मुडमा देखिएकी छिन् । 

सौरभ चौधरीले निर्देशन गरेका यस चलचित्रको कथाले युवायुवती बीचको माया प्रेम र कमेडीलाई प्रस्तुत गर्न खोजिएको छ । चलचित्रको नायक शुसिललाई विदेशी मोजमस्ती रमाउने एक विग्रिएको ठिटाेको रुपमा चित्रण गरिएको छ । 

संजय लामाको छायाँकनमा , कविराज गहतराज कोरियोग्राफी रहेको यस चलचित्रमा संगित भने अर्जुन पोखरेलको रहेको छ । 

विनोद सापकोटाले निर्माण तयार पारिएको यस चलचित्रमा पहिलो पटक साहिल खानले एसोसियट निर्देशकको रुपमा काम गरेका छन् । चलचित्र ‘लभ डायरीज’को लगानी भने विनोद सापकोटाले गरेका हुन् । 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *