युवा क्रिकेटर सन्दिप भन्छन्, ‘राज्यले वातावरण बनाए अझ प्रगति गर्छौ’

चितवन, ४ जेष्ठ । कम उमेरमै क्रिकेटकै कारण चर्चा बटुलेका नेपाली टोलीका सदस्य सन्दिप लामिछानेले दुई पटक विश्वकै महंगो प्रतियोगिता इन्डियन प्रिमियर लिग आईपिएल खेलिसकेका छन् । आईपिएल मात्र नभई उनले अन्तराष्ट्रिय स्तरका थु्प्रै प्रतियोगिता खेलेर अनुभव बटुलिसकेका छन् । विदेशी भुमीमा खेलेको अनुभव र त्यहाँ राज्यले गरेको लगानी र नेपालको अवस्था आकास जमिनको फरक छ । लेग स्पीनर सन्दिप भन्छन्, नेपालमा क्रिकेटको विकासका लागि राज्यले धेरै लगानी गर्नुपर्छ । 

चितवनको भरतपुरमा शनिवार धुर्मुस सुन्तली फाउन्डेसनले निर्माण गर्न लागेको गौतमवुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको निर्माण सहयोगार्थ गठित जिल्ला स्तरीय सहयोग समितिको घोषणा कार्यक्रममा सन्दिपले क्रिकेटमा राज्यले लगानी गर्नु पर्ने बताए । नेपाली क्रिकेटले गतिले लिदै छ सन्दिपले भने, भौतिक संरचना भए क्रिकेटले ठुलो फड्को मार्नेछ, त्यसका लागि राज्यको ध्यान जाओस । लामिछानेले नेपाली क्रिकेटले प्रगति गरिरहेको अवस्थामा बन्न लागेको रंगशालाले क्रिकेट विकासमा थप मदत पुग्ने विश्वास व्यक्त गरे । 

कार्यक्रमकी प्रमुख अतिथी समेत रहेकी भरतपुर महानगरकी मेयर रेनु दाहालले कुनै पनि हालतमा क्रिकेट रंगशाला निर्माण गरेरै छाड्ने प्रतिवद्धता जनाईन् । चितवन उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष चुन नारायण श्रेष्ठले क्रिकेट रंगशालाले चितवन र राष्ट्रै गौरवको विषय भएकाले सबैले आआफ्नो क्षेत्रबाट सहयोग गर्नु पर्ने बताए । रंगशाला निर्माणमा सहयोगका लागि जिल्लामा रहेका विभिन्न खेलकुदका खेलाडी तथा संघसंस्थाका प्रतिनिधीहरु रहने गरी सहयोग समिति गठन गरिएको हो ।नेपाली क्रिकेट टिमका पुर्व कप्तान राजु खड्काको संयोजकत्वमा गठित समितिको सदस्यहरुमा अरुणा गुरुङ, विनोद लामा, रविन्द्र श्रेष्ठ, पुष्पराज जोशी, अनिल अधिकारी, आरती विडारी, विजय घले, कपिल पाण्डे, सुरज ज्ञवाली, नारायण श्रेष्ठ, नारायण ढकाल, अर्जुन केसी र खेलकुद पत्रकार मंच चितवन रहेका छन् । धुर्मुस सुन्तली फाउण्डेसनले चितवनको भरतपुर महानगरपालिका १५ रामपुरमा क्रिकेट रंगशाला निर्माण गर्न लागेको छ । धुर्मुस सुन्तली फाउण्डेसनले रामपुरमा ३ अर्वको लगानीमा बहुउपयोगी क्रिकेट रंगशाला निर्माण गर्न लागेको हो । २० विगाहा ८ कठ्ठा क्षेत्रफलमा रंगशाला निर्माण हुदैछ । 

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *