ला लिगा: लिग च्याम्पियन बार्सिलोना सेल्टासँग पराजित

एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा लिग च्याम्पियन बार्सिलोना पराजित भएको छ । शनिबार राति भएको खेलमा बार्सिलोना सेल्टा भिगोसँग २(० गोलअन्तरले पराजित भएको हो । म्याक्सी गोमेज र लेगो असपासले सेल्टाको जितमा गोल गरेका थिए ।खेल अवधिभर बल नियन्त्रणमा राखेपनि बार्सिलोनाले गोल गर्न भने सकेन । पहिलो हाफमा गोलरहित बराबरी खेलको सेल्टा भिगोले दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गर्दै दुई गोल गरेको हो । ६७ औं मिनेटमा गोमेजले गोल गर्दै सेल्टालाई १-० गोलको अग्रता दिलाएका थिए । 

त्यस्तै, खेलको ८८ औं मिनेटमा पेनाल्टीबाट असपासले गोल गर्दै सेल्टालाई २-० गोलको जित दिलाए । यसअघि नै लिग च्याम्पियन बनिसकेको बार्सिलोनाको हारपछि ३६ खेलबाट ८३ अंक भएको छ । बार्सिलोनालाई पराजित गरेको सेल्टाको समान खेलबाट ४० अंक छ ।शनिबार राति नै भएका अन्य खेलमा एट्लेटिको मड्रिड स्पानियोलसँग ३-० गोलअन्तरले पराजित भएको छ । त्यस्तै, लेभान्टेले रायो भ्यालेकानोलाई ४-१ गोलअन्तरले पराजित गर्दा अलभेस रियल सोसाइडेडसँग १-० गोलअन्तरले पराजित भएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *