ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

  

जेठ ६, नारायण । आईतबार ट्रकको ठक्करबाट ३० वर्षीय मोटरसाईकल चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । 

मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको ना ६ ख ५९७१ नम्बरको ट्रकले सोही दिशामा आउँदै गरेको बा ७७ प ६६६३ नम्बरको मोटरसाइकललाई भरतपुर महानगरपालिका–२९ केराबारीमा ठक्कर दिदाँ उक्त दुर्घटना भएको हो । 

null

उक्त दुर्घटनामा परी सख्त घाईते भएका मोटरसाईकल चालक काठमाडौँ महानगरपालिका–८ बस्ने ३० वर्षीय अनुप खड्काको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । 

मोटरसाइकललाई ट्रकले ठक्कर दिएपछी ट्रक चालक भनेर ट्रक त्यही छाडी फरार रहेको छ । उक्त ट्रक प्रहरीको नियन्त्रणमा राखिएको र फरार ट्रक चालकको खोजीकार्य भईरहेको प्रहरीले जनाएको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *