आईपीएल: रोहितको अगाडी निरिह बने धोनी, क्याच छाड्दा गुम्यो खेल

एजेन्सी । मुम्बई इन्डियन्स इन्डियन प्रिमियर लिग आईपीएलको फाईनलमा प्रवेश गरेको छ । मंगलार राती सम्पन्न पहिलो क्वालिफायर खेलमा चेन्नई सुपर किंग्सलाई ६ विकेटले पराजित गर्दै मुम्बई पाँचौ पटक आईपीएलको फाईनलमा प्रवेश गरेको हो । 

मुम्बईले १ सय ३२ रनको सामान्य विजयी लक्ष्य १८.३ ओभरमा ४ विकेटको क्षतिमा पुरा गर्यो । मुम्बईको सहज जितमा सुर्य कुमार यादवले ५४ बलमा १० चौका सहित ७१ रनमा अविजित रहे । पाँचौ ओभरको तेस्रो बलमा मुरली विजयले यादवको क्याच छाड्दै जीवन दान दिएका थिए । जीवनदान पाएका यादव चेन्नईका लागि घातक सावित बन्न पुगे । 

 

null

मुम्बईले पहिलो ओभरको दोस्रो बलमै कप्तान रोहित शर्मालाई ४ रनमा गुमाएको थियो । रोहितलाई दिपक चाहरले एलवी डब्लू आउट गरे । चौथो ओभरको दोस्रो बलमा क्विन्टन डी ककलाई ८ रनमा क्याच गराउँदै दवावमा राख्न खोजेका थिए । तर, तेस्रो विकेटका लागि सुर्य कुमार यादव र इशान किशनले ८० रनको उत्कृष्ट साझेदारी गरेपछि मुम्बईको जित पक्का बनेको थियो । 

इमरान ताहिरले १४ औं ओभरको पाँचौ बलमा बोल्ड आउट गर्नु किशनले ३१ बलमा समान १ चौका र छक्का सहित २८ रनमा बनाए । हार्दिक पान्ड्या १३ रनमा अविजित रहँदा कुनाल पान्ड्या डक आउट भए । चेन्नईका लागि इमरान ताहिरले २, दिपक चाहर र हरभजन सिंहले समान १ विकेट लिए । 

त्यसअघि घरेलु मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको चेन्नईले निर्धारित २० ओभरमा ४ गुमाउँदै १ सय ३१ रन मात्रै बनाउन सक्यो । चेन्नईका आम्बाती रायडुले सर्वाधिक ४२ रन बनाए । उनले ३७ बलमा ३ चौका र १ छक्का प्रहार गरे । 

चेन्नईलाई मध्यम योगफल सम्म पुर्याउन कप्तान महेन्द्र सिंह धोनी तल्लो क्रममा ३७ रनमा अविजित रहे । धोनीले २९ बलमा ३ छक्का प्रहार गरे । अन्तिम ओभरको पहिलो बलमा जसप्रित बुमराहले महेन्द्र सिंह धोनीलाई क्याच आउट गराएपनि नो बल भएपछि जीवन दान पाएका थिए । चेन्नईको सुरुवात खराव रह्यो । 

तेस्रो ओभरको पहिलो बलमा राहुल चाहरले अनोमल प्रितीसिंहबाट फाफ डु प्लेसिसलाई ६ रनमा क्याच आउट गराए । चौथो ओभरको तेस्रो बलमा जयन्त यादवले आफैं क्याच लिदैं सुरेश रैनालाई ५ रनमा आउट गरे । छैटौं ओभरको अन्तिम बलमा कुनाल पान्ड्याले जयन्त यादवबाट शेन वाटशनलाई १० रनमा क्याच गराएपछि सुरुवाती समय चेन्नई दवावमा परेको थियो । 

१३ ओभरको पहिलो बलमा राहुल चाहारलेनै विकेटकीपर क्विन्टन डी ककबाट मुरली विजयलाई २६ रनमा स्टम्पिङ आउट गरे । विजयले २६ बलमा ३ चौका प्रहार गरे ।पाँचौ विकेटका लागि कप्तान महेन्द्र सिंह धोनी र आम्बाती रायडुले ६६ रनको अविजित साझेदारी गरेपछि चेन्नईले प्रतिस्पर्धात्मक योगफल बनाउन सकेको हो । 

मुम्बईका राहुल चाहारले २, जयन्त यादव र कुनाल पान्ड्याले समान १ विकेट लिए । आज बुधबार दिल्ली क्यापिटल्स र सनराइजर्स हैदरावादबीच एलिमिनेटर खेल हुने छ । जसको विजेता चेन्नईसँग दोस्रो क्वालिफायर खेल्ने छ । विजेता टोलीले उपाधिको लागि मुम्बई इन्डीयन्ससँग आइतबार भिड्ने छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *